तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
३१ पटक हेरिएको
Shares
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

सारांश

  • काठमाडौं, ११ साउन ।
  • प्रधानमन्त्री केपी शर्मा ओली र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेबीच भेटवार्ता भएको छ ।
  • प्रमुख पाण्डेले प्रधानमन्त्री ओलीलाई भेटेर तुलसीपुरका विभिन्न समस्याहरु राखेका छन् ।

काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेबीच भेटवार्ता भएको छ । प्रमुख पाण्डेले प्रधानमन्त्री ओलीलाई भेटेर तुलसीपुरका विभिन्न समस्याहरु राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटका क्रममा प्रमुख पाण्डेले तुलसीपुर विमानस्थल सञ्चालन, स्थानीय तहमा कर्मचारी व्यवस्थापन र नेपाल संस्कृत विश्वविद्यालयको व्यवस्थापन लगायतका विषयमा कुरा राखेको प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिएका छन् । संयोजक आचार्यका अनुसार प्रधानमन्त्री ओलीले तुलसीपुरको समस्याबाट आफू परिचित रहेको भन्दै आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

यसैबीच प्रमुख पाण्डेले कानुनको अभावमा स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै तत्काल कानुनी अड्चन फुकाउनेतर्फ अगाडि बढ्न आग्रह समेत गरेका थिए । उनले भेटका क्रममा तुलसीपुरमा बृहत लगानीका योजना सञ्चालनका बारेमा समेत छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि पहल गर्ने बताउँदै विमानस्थल सञ्चालनका लागि सम्बन्धित मन्त्रालयबाट जानकारी लिने बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?