लुम्बिनी विकास बैंकको डेपुटी सीइओमा सुमन आचार्य नियुक्त
सारांश
- काठमाडौं ।
- लुम्बिनी विकास बैंक लिमिटेडको नायब प्रमुख कायकारी अधिकृतको जिम्मेवारी सुमन आचार्यलाई दिइएको छ ।
- बैंकले वैशाख ३ गतेदेखि लागू हुने गरी उनलाई नियुक्त गरेको हो ।
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको नायब प्रमुख कायकारी अधिकृतको जिम्मेवारी सुमन आचार्यलाई दिइएको छ । बैंकले वैशाख ३ गतेदेखि लागू हुने गरी उनलाई नियुक्त गरेको हो ।
उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको उच्च शिक्षा हासिल गरी विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरूका उच्च व्यवस्थापनमा संलग्न रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै २२ वर्षभन्दा बढीको कार्य अनुभव हासिल गरेको गरेका छन् ।
उनले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एमबिएमा केन्द्रीय विभाग (व्यवस्थापन), कीर्तिपुरको शीर्ष स्थान तथा विश्वविद्यालयस्तरमा दोस्रो स्थानमा उत्तीर्ण भई उत्कृष्ट थेसिस लेखनबापत कृष्णचन्द्र रेग्मी अवार्डबाट समेत सम्मानित भएको बैंकले उल्लेख गरेको छ ।
आचार्यले आफ्नो बैंकिङ करिअर सन् २००० मा साबिक नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडबाट व्यवस्थापन प्रशिक्षार्थीका रूपमा सुरु गरेका थिए ।
उनको कुशल कार्यअनुभवले लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिएको छ ।
प्रतिक्रिया