माइतीघरमा आत्मदाहकाे प्रयास

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०८०
|
|
१४ पटक हेरिएको
Shares
माइतीघरमा आत्मदाहकाे प्रयास

सारांश

  • काठमाडौं।
  • काठमाडौंको माइतीघर मण्डलमा एकव्यक्तिले आत्मदाह प्रयास गरेका छन्।
  • माइतीघर मण्डलामा मोरङ कटहरीका निरजकुमार कामतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

काठमाडौं। काठमाडौंको माइतीघर मण्डलमा एकव्यक्तिले आत्मदाह प्रयास गरेका छन्।

माइतीघर मण्डलामा मोरङ कटहरीका निरजकुमार कामतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

केही दिनयता भइरहेको नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शनमा उनी सहभागी हुँदै आएको बताइएको छ । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि माइतीघर मण्डलामा समितिको नेतृत्वमा प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम हुँदै आएको थियो।

नागरिकताबिहीन संघंर्ष समितिले जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता देउ, नक्कली राष्ट्रबाद चाहिँदैन लगाएतका नारा लगाउदै माइतिघरमा प्रदर्शन गरेका थिए । कामत नागरिकताविहीन संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष समेत हुन्।

राज्यले नागरिकताविहीन बनाएको भन्दै उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरी लगाएत अन्यले पानी खन्याएका थिए । त्यस लगतै बेहोस भएका कामदलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

पेट्रोल खन्याएर आगो लगाएका कामतलाई तत्कालै उद्धार गरी ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। उनको अवस्था खतरामुक्त रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशमा आर्थिक बेथितिको चाङ : सात प्रदेशको बेरुजु झण्डै २८ अर्ब
प्रदेशमा आर्थिक बेथितिको चाङ : सात प्रदेशको बेरुजु झण्डै २८ अर्ब
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
प्रधानमन्त्रीबाट मङ्गलबार भेरी– बबई आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ हुने
प्रधानमन्त्रीबाट मङ्गलबार भेरी– बबई आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ हुने
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा शुरु….
पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा शुरु….
काठमाडौँ विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन
काठमाडौँ विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन
बगरखेती गर्ने किसानलाई पालिकाको अनुदान
बगरखेती गर्ने किसानलाई पालिकाको अनुदान
व्यापक विवादपछि सचिव सरुवा अवरुद्ध
व्यापक विवादपछि सचिव सरुवा अवरुद्ध
१६ जना जिल्ला न्यायाधीशले शपथ लिए, नाम सहित
१६ जना जिल्ला न्यायाधीशले शपथ लिए, नाम सहित
संसद बिघटन गरी मध्यावधि घोषणासम्मको तयारी

तपाईंले छुटाउनुभयो कि?