पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा शुरु….

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
१६ पटक हेरिएको
Shares
पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा शुरु….

सारांश

  • झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेका छन् ।
  • हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय नितेश ओलीले विर्तामोडबाट २८३ किलोमिटरको दूरीमा रहेको पाथीभरा देवीको दर्शन गर्न बुधबारबाट यात्रा शुरु गरेका हुन् ।
  • उनले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को लक्ष्यलाई सफल पार्ने सन्देशसहितको पाथीभारा देवीको दर्शन गर्न पैदलयात्रा शुरु गरेको बताए ।

झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेका छन् । हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय नितेश ओलीले विर्तामोडबाट २८३ किलोमिटरको दूरीमा रहेको पाथीभरा देवीको दर्शन गर्न बुधबारबाट यात्रा शुरु गरेका हुन् ।
उनले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को लक्ष्यलाई सफल पार्ने सन्देशसहितको पाथीभारा देवीको दर्शन गर्न पैदलयात्रा शुरु गरेको बताए ।

एक साताभित्रमा हिँडेरै देवीको दर्शन गर्न पुग्ने लक्ष्य लिएका ओलीले गत वर्ष पनि पैदलयात्राद्वारा नै देवीको दर्शन गरेको बताए । उनले गत वर्ष विर्तामोडबाट पाथीभरासम्म पुग्न सात दिन र फर्कन छ दिनको लागेको बताए ।उनलाई जिल्ला ट्राफिक कार्यालय विर्तामोडको कार्यालयबाट शुभकामनासहित स्थानीयले बिदाइ गरेका छन् ।

(https://bestsellerpublishing.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?