घट्यो कुखुराको मासुको मूल्य, अहिले कति छ प्रतिकेजी ?
सारांश
- काठमाडौं ।
- राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले कुखुराको मासुको मूल्य घटेको जनाएको छ ।
- संघका अनुसार जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य प्रति किलोमा २० रुपैयाँले घटेको छ ।
काठमाडौं । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले कुखुराको मासुको मूल्य घटेको जनाएको छ । संघका अनुसार जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य प्रति किलोमा २० रुपैयाँले घटेको छ ।
२५ असारमा किलोमा १० रुपैयाँले घटेको मासुको कोल्ड स्टोर (जिउँदो कुखुरा) मूल्य बुधबार पुनः १० रुपैयाँले सस्तो भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यो मूल्य काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रको हो ।
पछिल्लो पटक मूल्य घटेपछि ब्रोइलर कुखुराको मासुको मूल्य २९० रुपैयाँ कायम भएको स्रोतले बताएको छ । यसअघि ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य ३१० रुपैयाँसम्म पुगेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया