जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
४४ पटक हेरिएको
Shares
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति

सारांश

  • दाङ, ९ बैसाख ।
  • दाङमा पहिलोपटक मिस एसइइ हुने भएको छ ।
  • उत्सर्ग फिल्मस् नेपाल र रोयल ब्यूटी एकेडेमीको संयुक्त आयोजनामा आगामी जेठ ३ गतेदेखि यो कार्यक्रम शुरु हुने भएको छ ।

दाङ, ९ बैसाख । दाङमा पहिलोपटक मिस एसइइ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपाल र रोयल ब्यूटी एकेडेमीको संयुक्त आयोजनामा आगामी जेठ ३ गतेदेखि यो कार्यक्रम शुरु हुने भएको छ । दाङबाट एसइइ दिएका युवतीहरुले यस प्रतियोगितामा भाग लिन पाउनेछन् ।

प्रतियोगिताको विजेतालाई गोरखा स्कूलले १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति प्रदान गर्ने भएको छ भने उत्सर्ग कलाकेन्द्रले तीन महिनासम्म निःशुल्क संगीत, नृत्य एवं गिटार प्रशिक्षणको अवसर प्रदान गर्ने भएको छ । साथै एउटा म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर दिइने छ ।

जेठ ३ गते अडिसन पश्चात् छनौट भएका युवतीहरुलाई व्यक्तित्व विकाससम्बन्धी १० दिने विशेष तालिम दिइने कार्यक्रम निर्देशक केएल पीडितले बताए । युवतीहरुको बौद्धिक एवं सिर्जनशील विकासमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम शुरु गरिएको आयोजकहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?