घट्यो विदेशी मुद्राको सञ्चिति, साढे ६ महिनाको मात्रै आयात धान्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २८, २०७९
|
|
४२ पटक हेरिएको
Shares
घट्यो विदेशी मुद्राको सञ्चिति, साढे ६ महिनाको मात्रै आयात धान्ने

सारांश

  • चालू आर्थिक वर्षको चैत महिनासम्मको अवधिमा साढे १६ प्रतिशतले विदेशी मुद्राको सञ्चिति घटेको छ ।
  • नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति’अनुसार असार मसान्तको तुलनामा विदेशी मुद्राको सञ्चिति साढे १६ प्रतिशतले घटेको हो ।
  • असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर विदेशी मुद्राको सञ्चिति थियो ।

चालू आर्थिक वर्षको चैत महिनासम्मको अवधिमा साढे १६ प्रतिशतले विदेशी मुद्राको सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति’अनुसार असार मसान्तको तुलनामा विदेशी मुद्राको सञ्चिति साढे १६ प्रतिशतले घटेको हो ।
असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर विदेशी मुद्राको सञ्चिति थियो । जुन, साउनदेखि चैत महिनासम्म आइपुग्दा घटेर ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँमा आइपुगेको छ । यसैगरी, यस अवधिमा अमेरिकी डलरमा विदेशी मुद्राको सञ्चिति १८.२ प्रतिशतले घटेको छ ।

असार मसानसम्ममा ११ अर्ब ७५ करोड डलर सञ्चिति रहेकामा चैत मसान्तसम्ममा ९ अर्ब ६१ अर्ब डलरमा आइपुगेको छ । यो सिञ्चितिले ६.६ महिनाको वस्तु तथा सेवाको आयात धान्ने केन्द्रीय बैंकले जनाएको छ । यो अहिलेसम्म भइरहेको नेपालको कूल आयातलाई आधार मानेर गरिएको प्रक्षेपण हो ।

यसैगरी, कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ थियो । जुन, चैत मसान्तसम्ममा १७.९ प्रतिशतले घटेर १० खर्ब २१ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (केन्द्रीय बैँकबाहेक)मा रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा ९ महिने अवधिमा ५.१ प्रतिशत घटेर १ खर्ब ४६ अर्ब ४८ करोडमा आइपुगेको छ । यस अवधिसम्म नेपालमा रहेको कुल विदेशी विनिमयको सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत छ ।
चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात भइसकेको छ । यही गतिमा आयात बढिरहेमा यो वर्ष करिब १८ खर्ब रुपैयाँभन्दा बढीको आयात हुने आँकलन गरिएको छ । यही गतिमा आयात भइरहेमा नेपालमा रहेको विदेशी मुद्राको सञ्चितिले आगामी साढे ६ महिनाको मात्रै धान्ने केन्द्रीय बैंकले जनाएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बार्सिलोना कोपा डेल रेबाट बाहिरियो
बार्सिलोना कोपा डेल रेबाट बाहिरियो
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
तालिबानसँग वार्ता पुनः शुरु हुने अमेरिकी विदेशमन्त्रीको भनाई
तालिबानसँग वार्ता पुनः शुरु हुने अमेरिकी विदेशमन्त्रीको भनाई
कांग्रेसको १३ दिने केन्द्रिय समिति बैठकमा केके भए, अब के हुन्छ ?
कांग्रेसको १३ दिने केन्द्रिय समिति बैठकमा केके भए, अब के हुन्छ ?
कोरोनाबाट नेपालमा हालसम्म कतिले ज्यान गुमाए ?
कोरोनाबाट नेपालमा हालसम्म कतिले ज्यान गुमाए ?
संदीपले ४ विकेट लिएपनि नेपाल बंगलादेशसँग पराजित
संदीपले ४ विकेट लिएपनि नेपाल बंगलादेशसँग पराजित
अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि : प्रम ओली
अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि : प्रम ओली
सागर लम्साल ‘बले’ गरे विवाह
सागर लम्साल ‘बले’ गरे विवाह
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर, सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइयाे