पद सम्हालेको एक हप्तामै नयाँ बसपार्कका इन्सपेक्टरविरुद्व विरोधैविरोध

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
पद सम्हालेको एक हप्तामै नयाँ बसपार्कका इन्सपेक्टरविरुद्व विरोधैविरोध

सारांश

  • काठमाडौं ।
  • गोगंबुको नयाँ बसपार्क प्रहरीको रोजाइमा पर्ने क्षेत्र हो तर काम गरेर देखाउने भन्दा कमाउने उद्देश्यले नयाँ बसपार्क आउने प्रहरीदेखि स्थानीय आजीत बनेका छन् ।
  • केही महिनाअघि ५० हजार घुस रकमसहित रंगेहात समातिएका प्रहरी निरीक्षकका कारण बदनाम नयाँ बसपार्क प्रहरी वृत्तमा नयाँ निरीक्षक प्रताप पौडेल आएका छन् ।

काठमाडौं । गोगंबुको नयाँ बसपार्क प्रहरीको रोजाइमा पर्ने क्षेत्र हो तर काम गरेर देखाउने भन्दा कमाउने उद्देश्यले नयाँ बसपार्क आउने प्रहरीदेखि स्थानीय आजीत बनेका छन् ।

केही महिनाअघि ५० हजार घुस रकमसहित रंगेहात समातिएका प्रहरी निरीक्षकका कारण बदनाम नयाँ बसपार्क प्रहरी वृत्तमा नयाँ निरीक्षक प्रताप पौडेल आएका छन् । नयाँ प्रहरी निरीक्षक युवा भएकाले केहि नयाँ पहल हुने आशा राखेका स्थानीयहरु पुरानै रबैया देख्दा दिक्क बनेका छन् ।

निरीक्षक पौडेलले रात्रीकालिन व्यवसायलाई व्यवस्थित बनाएर लैजानुपर्नेमा हतोत्साहित पार्न खोजेको भन्दै पौडेलले पद सम्हालेको एक हप्तामै अन्तरबिरोध शुरु भएको छ ।

आफूहरुलाई सेवा र सुरक्षा दिनुपर्ने प्रहरीले सौतेनी व्यवहार गरेको भन्दै व्यवसायीहरु असन्तुष्ट बनेका छन् । प्रहरी निरीक्षक पौडेलले प्रहरीको बर्दिको गलत इस्तेमाल गर्दै शक्तिको दम्भ देखाएको उनीहरुको आरोप छ ।

शनिबार पौडेलकै उपस्तिथिमा व्यवसायीहरुले आफ्नो घर र सटर अगाडि राखेको मोटरसाइकल प्रहरीद्वारा समात्ने कार्य भएपछि केहिबेर प्रहरी र व्यवसायीबिच भनाभन भएको छ ।

दिउँसो सवारी आवागमनको समयमा ट्राफिक व्यवस्थापन नगर्ने तर राती सवारी आवागमन कम हुने समयमा आफ्नै घर मुनी राखेका व्यवसायीकै साधन समात्ने गरेपछि वयवसायीहरु आक्रोसित बनेका छन् ।

बिजी मलले सरकारी जग्गा ओगटेर पार्किङ स्थल बनाएर मूल सडक नै अवरोध गर्दा बोल्न नसक्ने तर आफूहरुले आफ्नो घरको टपले छोपेको नम्बरी जग्गामा मोटरसाइकल राख्न समेत नपाउने भन्दै व्यवसायीहरुले गुनासो गरेका छन् ।

प्रहरी निरीक्षक पौडेलले बिनासित्तिमा निहुँ खोजिरहेको व्यवसायीले बताए । पौडेल नयाँ बसपार्कको प्रमुख भएर आएसँगै धवलागिरी दोहोरी साँझ, गोधुली दोहोरी साँझ र फुलबारी दोहोरी साँझका सञ्चालकहरुलाई अनाहकमा पालैपालो समातेर लगेको उनीहरुको आरोप छ ।

पार्टीको आडमा बसेर रेष्टुरेन्ट, दोहोरी साँझ, डान्सबार सञ्चालन गर्दै आइरहेकाहरुलाई प्रहरीले कुनै वास्ता नगरेको समेत स्थानीयहरुको आरोप छ । विभिन्न पार्टीमा चाहर्दै अहिले कांग्रेसमा लागेका नयाँबसपार्कका केही झोले गुण्डा नाइकेहरुलाई प्रहरीले केही पनि नगर्ने, साना व्यवसायीलाई धम्क्याएर हामीलाई राम्रोसँग व्यवसाय सञ्चालन गर्न नदिएको एक दोहोरी सञ्चालक बताउँछन् ।

नयाँ बसपार्कका स्थानीय व्यवसायीहरु यतिबेला पौडेलको दम्भबाट परेशान बनेका छन् । लाइन मिलाउने पुरानै शैलीमा व्यवसायीलाई दुःख दिएर रकम असुल्न पौडेलकोे योजना हुनसक्ने उनीहरुको अनुमान छ । आफ्नै प्रहरी कार्यालयको गेटमा रहेको पार्किङ हटाउन नसक्नेले रातीराती अर्काको घरमा पार्क गरेको दुइ पाङग्रे साधन समातेर दुःख दिएकोमा व्यवसायीहरु दुखी भएका छन् ।

प्रहरीले साना व्यवसायीलाई अनावश्यक दुःख दिनु हेपाहा प्रवृत्ति भएको भन्दै व्यवसायीहरुले चुप लागेर नबस्ने बताए । यस बिषयमा सम्बन्धित निकायमा गएर जानकारी गराउने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रारम्भिक मत परिणाम: एमाले पहिलो, कांग्रेस दोस्रो, मा‌ओवादी तेस्रो (प्रदेश अनुसार रिपोर्ट)
प्रारम्भिक मत परिणाम: एमाले पहिलो, कांग्रेस दोस्रो, मा‌ओवादी तेस्रो (प्रदेश अनुसार रिपोर्ट)
रौतहट हिँडे डाक्टर केसी, मुसहरको उपचार गर्ने
रौतहट हिँडे डाक्टर केसी, मुसहरको उपचार गर्ने
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो :  माओवादी केन्द्र
प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो : माओवादी केन्द्र
कमल थापाको जीतको श्रृंखला जारी
कमल थापाको जीतको श्रृंखला जारी
जाने होइन प्रधानमन्त्री ओलीसँग टीका लगाउन ?
जाने होइन प्रधानमन्त्री ओलीसँग टीका लगाउन ?
बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए
बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए
डाबर नेपालले नौ अर्ब ६८ करोड थप लगानी गर्ने
डाबर नेपालले नौ अर्ब ६८ करोड थप लगानी गर्ने
जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ
जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

तपाईंले छुटाउनुभयो कि?