३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०८०
|
|
४३ पटक हेरिएको
Shares
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा

सारांश

  • काठमाडौं ।
  • अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको टोलीले बर्दियाबाट ३० हजार घुससहित एक जना प्रहरी नायव निरीक्षकलाई नियन्त्रणमा लिएको छ।
  •   बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई अख्तियारले नियन्त्रणमा लिइएको हो।

काठमाडौं । अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको टोलीले बर्दियाबाट ३० हजार घुससहित एक जना प्रहरी नायव निरीक्षकलाई नियन्त्रणमा लिएको छ। 

बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई अख्तियारले नियन्त्रणमा लिइएको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३० हजार रुपियाँ घुस लिएका थिए।

आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएका टोलीले उनलाई आज नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?