वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १, २०८०
|
|
२७ पटक हेरिएको
Shares
वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी

सारांश

  • xकाठमाडौँ ।
  • राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई रु ८३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।
  • निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २०८० साल असार महिनाको किस्ताबापत दुई कोषलाई भुक्तानी दिएको हो ।

xकाठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई रु ८३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २०८० साल असार महिनाको किस्ताबापत दुई कोषलाई भुक्तानी दिएको हो । यसअघि निगमले २०७९ साल असारदेखि चैतसम्ममा रु दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ किस्ता रकम भुक्तानी गरेको थियो ।

व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको निगमले उल्लेख गरेको छ । नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मतसम्भार खर्च र प्रशासनिक खर्च ब्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको छ । विभिन्न निकायहरुमा रहेका पुराना बक्यौता रकम तिरिएको तथा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको निगमले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने तीनवटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजनासमेत तीव्र गतिमा अघि बढाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“माइकल” आँधीबाट मर्नेको संख्या १७ !
“माइकल” आँधीबाट मर्नेको संख्या १७ !
तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा
तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
सुन्दरता बन्यो महिलाको शत्रु, न कोही बोल्छन् न कसैले मित्रता गर्छन्
सुन्दरता बन्यो महिलाको शत्रु, न कोही बोल्छन् न कसैले मित्रता गर्छन्
इन्डोनेसियामा चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको सम्भावना
इन्डोनेसियामा चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको सम्भावना
प्रतिनिधिसभा : तातोहावा (लु)को जोखिमबाट जोगाउन माग
प्रतिनिधिसभा : तातोहावा (लु)को जोखिमबाट जोगाउन माग
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट
महेन्द्रनगर म्युजियमः उल्टो तस्बिर लिने लिनेहरूको आकर्षण
महेन्द्रनगर म्युजियमः उल्टो तस्बिर लिने लिनेहरूको आकर्षण
मन्त्रीलाई २ करोड बुझाएर जोगिएकी कामिनीलाई २ अर्बको काण्ड लाग्दै !
मन्त्रीलाई २ करोड बुझाएर जोगिएकी कामिनीलाई २ अर्बको काण्ड लाग्दै !
मन्त्री प्रभु साहको मतदान तस्वीरमा हेर्नुहोस
मन्त्री प्रभु साहको मतदान तस्वीरमा हेर्नुहोस

तपाईंले छुटाउनुभयो कि?