प्रतिनिधिसभा : तातोहावा (लु)को जोखिमबाट जोगाउन माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २६, २०८०
|
|
३१ पटक हेरिएको
Shares
प्रतिनिधिसभा : तातोहावा (लु)को जोखिमबाट जोगाउन माग

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई मधेसमा अति गर्मीका कारण लुको खतरा देखिएकाले स्वास्थ्य उपचारमा सजगकता अपनाउन माग गरिएको छ ।
  • बैठकमा सांसद रञ्जुकुमारी झाले गर्मीका कारण तराई मधेसका नागरिकको जीवन कष्टकर भएको जनाउँदै अस्पतालमा उचित जनशक्ति, उपकरण र सेवाको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई मधेसमा अति गर्मीका कारण लुको खतरा देखिएकाले स्वास्थ्य उपचारमा सजगकता अपनाउन माग गरिएको छ ।

बैठकमा सांसद रञ्जुकुमारी झाले गर्मीका कारण तराई मधेसका नागरिकको जीवन कष्टकर भएको जनाउँदै अस्पतालमा उचित जनशक्ति, उपकरण र सेवाको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सो समयमा सांसदहरुले ‘लम्कीस्किन’ रोगबाट पशु चौपाया मर्न थालेको, मेलम्ची खानेपानी आयोजनाको मर्मत नभएको, सडक खाल्टाखुल्टी परेको तथा खानेपानी, शिक्षा र खानेपानीको प्रबन्ध नगरिएको र विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्ने तर्फ ध्यान नपुगेकामा सरकारको ध्यानाकर्षण गराएका थिए ।

शून्य समयमा सांसदहरु विमला सुवेदी, भानुभक्त जोशी, भीमप्रसाद आचार्य, मनबहादुर गुरुङ, मनिष झा, महेन्द्रबहादुर शाही, महेश बर्ताैला, महेश बस्नेत, माधव सापकोटा, मीना यादव, मीना तामाङ,मञ्जु शर्मा अन्सारी, रघुजी पन्त, रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराली, रमा कोइराला पौड्याल, राजु थापा, राजेन्द्रकुमार केसी, राजेन्द्रकुमार राई, रामकुमार राई, रामनाथ अधिकारी, रामशङ्कर यादव, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा जोशी चौधरी, लक्ष्मी तिवारी, लालप्रसाद साँवा लिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाललगायतले भाग लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?