नेकपा अध्यक्षद्वयद्वारा भारतीय कदमको विरोध, सडक निर्माण रोक्न आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २८, २०७७
|
|
४२ पटक हेरिएको
Shares
नेकपा अध्यक्षद्वयद्वारा भारतीय कदमको विरोध, सडक निर्माण रोक्न आग्रह

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाएकोमा आपत्ति जनाएका छन् ।
  • अध्यक्षद्धयले भारतलाई नेपाली भूमीमा जारी राखेको सडक निर्माण कार्य तत्काल रोक्न समेत आग्रह गरेका छन् ।
  • आज शनिबार दुवै अध्यक्षले संयुक्त विज्ञप्ती निकालेर यस्तो आग्रह गरेका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाएकोमा आपत्ति जनाएका छन् । अध्यक्षद्धयले भारतलाई नेपाली भूमीमा जारी राखेको सडक निर्माण कार्य तत्काल रोक्न समेत आग्रह गरेका छन् । आज शनिबार दुवै अध्यक्षले संयुक्त विज्ञप्ती निकालेर यस्तो आग्रह गरेका हुन् ।

भारतले शुक्रबार लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेको कुरा रक्षामन्त्री राजनाथ सिंहले ट्विटरमार्फत जनाएका थिए । त्यसको भोलिपल्ट आज ओली र दाहालले वक्तव्य जारी गरेर भारतीय कदमको विरोध गरेका हुन् । सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको उनीहरुको निश्कर्ष छ । उक्त क्षेत्रमा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै, अध्यक्षद्धय ओली र दाहालले नेपाल र भारतबीचको सीमा विवाद समाधान गर्नका लागि दुवै देशका सरकारलाई तत्काल कुटनीतिक पहल गर्न आग्रह पनि गरेका छन् ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?