वर्षा नहुँदा पर्साको रोपाइँ ३५ प्रतिशत मात्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
१८ पटक हेरिएको
Shares
वर्षा नहुँदा पर्साको रोपाइँ ३५ प्रतिशत मात्र

सारांश

  • वीरगञ्ज ।
  • लामो समयदेखि वर्षा हुँदा साउनको पहिलो साता बित्नै लाग्दा करिब ३५ प्रतिशत मात्र रोपाइँ हुन सकेको छ ।
  • वर्षा रोकिएपछि पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर भए पनि किसानले अहिलेसम्म करिब ३५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र वीरगञ्ज पर्साका प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिए ।

वीरगञ्ज । लामो समयदेखि वर्षा हुँदा साउनको पहिलो साता बित्नै लाग्दा करिब ३५ प्रतिशत मात्र रोपाइँ हुन सकेको छ ।

वर्षा रोकिएपछि पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर भए पनि किसानले अहिलेसम्म करिब ३५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र वीरगञ्ज पर्साका प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिए ।

“जिल्लाको दक्षिणी भेगका किसान गण्डक सिँचाइ आयोजनाको सिँचाइ प्रणालीबाट धान रोपाइँ गरिरहेका छन्”, प्रमुख कुशवाहाले भने, “अन्य भेगका किसान पानी तान्ने मोटर, पम्पसेट जडान गरेर धमाधम धान रोपाइँ गरिरहेका छन् ।” तुलनात्मकरुपमा अन्य ठाउँभन्दा पर्साको ठोरी, पर्सागढी, बहुदरमाई र जगरनाथपुर गाउँपालिका क्षेत्रमा बढी धान रोपाइँ भएको उनको भनाइ छ ।

पर्सामा सिँचाइ सुविधा पुगेको ठाउँमा धमाधम रोपाइँ भइरहे पनि जिल्लाको उत्तरी, पश्चिमी भेगका अन्य कतिपय स्थानमा धान रोपाइँ हुन नसक्दा करिब ६५ प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो रहेको प्रमुख कुशवाहाले बताए ।

पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । तर वर्षा नहुँदा अहिलेसम्म १६ हजार चार सय ९५ हेक्टरमा मात्र धान रोपाइँ भएको प्रमुख कुशवाहाले जानकारी दिए । पर्सामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

समयमा पर्याप्त वर्षा नहुनु, किसानले ढिलो गरी धानको बेर्ना तयार पार्नु, ढिलाइ गरी धान रोपाइँ गर्ने प्रवृत्तिलगायतका कारणले अपेक्षाकृत धान रोपाइँ हुन नसकेको प्रमुख कुशवाहाको कथन छ । अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् । एकातिर किसानले जेनतेन वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर धान रोपाइँ गरे पनि वर्षा नहुँदा धानको बोट सुक्न थोलेको छ ।

“पान्नी तान्ने मोटर लगाएरै करिब एक बिघा जग्गामा धान रोपाइँ गरेँ”, पर्साको बहुदरमाई नगरपालिका–४ का किसान उमेश यादवले भने, “वर्षा ठ्याप्पै रोकिएपछि अहिले रोपिएको धानमा डढेलो लाग्न थालेको छ ।” अब पनि केही दिन पानी नपरे रोपाइँ गरिएको धान नष्ट हुने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?