विश्वविख्यात कलाकारका अचम्मका बानी, खुट्टा हल्लाउनेदेखि ट्वाइलेटमै….

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
विश्वविख्यात कलाकारका अचम्मका बानी, खुट्टा हल्लाउनेदेखि ट्वाइलेटमै….

सारांश

  • बलिउड र हलिउड कलाकारहरुको प्रशंसकहरू सधैँ अभिनेता र अभिनेत्रीहरु आम जिन्दगीमा कसरी बस्छन भन्ने जान्न उत्सुक रहन्छन ।
  • उनीहरु के खान्छन र के गर्छन भन्ने जान्न प्रशंसकहरू सधैँ उत्सुक हुन्छन ।
  • यहाँ सम्म कि उनीहरुको आदत पनि थाहा पाउन उत्साहित हुन्छन ।

बलिउड र हलिउड कलाकारहरुको प्रशंसकहरू सधैँ अभिनेता र अभिनेत्रीहरु आम जिन्दगीमा कसरी बस्छन भन्ने जान्न उत्सुक रहन्छन । उनीहरु के खान्छन र के गर्छन भन्ने जान्न प्रशंसकहरू सधैँ उत्सुक हुन्छन । यहाँ सम्म कि उनीहरुको आदत पनि थाहा पाउन उत्साहित हुन्छन । सन् २००१ मा प्रदर्शनमा आएको चलचित्र ‘गदर – एक प्रेम कथा’ बाट बलिउडमा तहल्का मच्चाउन सफल अभिनेत्री अमिषा पटेल गुलाबी रङ अत्यन्तै मन पराउँछिन् । उनी अक्सर गुलाबी रङको पहिरनमा देखा पर्छिन् ।

सन् २०१२ मा सार्वजनिक भएको फिल्म ‘विक्की डोनर’ बाट चर्चामा आएका अभिनेता आयुष्मान खुरानाको आदतको बारेमा थाहा पाउनुभएमा तपाई आश्चर्यचकित पर्नुहुनेछ । उनी एक दिनमा धेरै पटक अर्थात ५ पटक भन्दा बढी दाँत माझ्ने गर्छन ।

हलिउड सुपरस्टार ब्राड पिट नुहाउँदा कहिल्यै पनि साबुनको प्रयोग गर्दैनन् ।

भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता जितेन्द्रको यस आदतको बारेमा थाहा छैन भने, त्यो सही हुनेछ। वास्तवमा शौचालयमा शौच गर्ने समयमा मेवा खान उनी असाध्यै मन पराउँछन् ।

बलिउडमा आफ्नो मजबूत मांसपेशीको लागि पहिचान राख्ने वाला अभिनेता जोन अब्राहमको बस्दा आफ्नो खुट्टा हल्लाउने बानी छ । अभिनेत्री करीना कपूरको आफ्नो नङ टोक्ने एकदमै खराब बानी रहेको छ ।

अमेरिकी गायिका, रचनाकार र अभिनेत्री केशा रोजको आदत थाहा पाउनुभएमा तपाई घिनाउनुहुनेछ । वास्तवमा उनी आफ्नै पिशाब पिउने गर्थिन ।

अमेरिकी अभिनेत्री मेगन फोक्स ट्वाइलेट प्रयोग गरेपछि कहिल्यै पनि फ्लश गर्दिनन।

बलिउडको अनुभवी र लोकप्रिय अभिनेत्री रानी मुखर्जीको चाहनेको कुनै कमी छैन । तर तपाईलाई थाहा नहुन सक्छ कि रानी मुखर्जीलाई बलिउडको सबैभन्दा बढी धूम्रपान गर्ने अभिनेत्री मानिन्छ । वास्तवमा उनमा खाली समयमा लगातार एक पछि अर्को चुरोट पिइरहने खराब बानी छ ।

‘छोटे नवाब’ उपनामले चर्चित सैफ अली खानको बाथरुम हेर्ने हो भने टेलिफोन एक्सटेन्सन र पुस्तकालय देख्न सक्नुहुन्छ ।

बलिउडको चकलेटी ब्वाय शाहिद कपूरको एक दिनमा धेरै पटक कफी पिउने बानी छ ।

बलिउडका बादशाह शाहरुख खानको बेडमा सुत्न नगएसम्म जुत्ता नफुकाल्ने बानी रहेको छ । कहिले काँही त जुत्ता लगाएरै निदाउँछन् ।

तपाई अभिनेत्री सुष्मिता सेनको आदत देखेर आश्चर्यचकित पर्नुहुनेछ । वास्तवमा उनलाई खुल्ला ठाउँमा नुहाउँन असाध्यै मन पर्छ ।

बलिउडको बेबी डल सन्नी लियोनको आदत अचम्म लाग्दो छ, उनी १५ मिनेटको अन्तरालमा आफ्नो खुट्टा सफा गर्छिन ।

ब्रिट्नी स्पेयर्स दाँत माझ्न मन पराउदिनन, त्यस कारण उनको मुखबाट नमिठो गन्ध आउने उनको निकट व्यक्तिले बताएका छन् । उनी नुहाउन पनि खासै मन पराउदिनन् ।

टाइटानिकको अभिनेता लियोनार्डो डिक्याप्रियो नुहाउन भनेपछि फिटिक्कै मन पराउदैनन । उनी हप्तामा जसो–तसो एक वा दुई पटक नुहाउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?