निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निशाना सोझियो यता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निशाना सोझियो यता

सारांश

  • काठमाडौं, ९ असोज ।
  • कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अब तत्कालीन जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टतर्फ सोझिएको छ ।
  • घटनाको छानविन गर्न बनेको उच्चस्तरीय समितिले गृहमन्त्री रामबहादुर थापा “बादल”लाई प्रतिवेदन बुझाएपछि प्रतिवेदनले एसपी विष्टतर्फ निशाना सोझाएको छ ।

काठमाडौं, ९ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अब तत्कालीन जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टतर्फ सोझिएको छ । घटनाको छानविन गर्न बनेको उच्चस्तरीय समितिले गृहमन्त्री रामबहादुर थापा “बादल”लाई प्रतिवेदन बुझाएपछि प्रतिवेदनले एसपी विष्टतर्फ निशाना सोझाएको छ ।

गृहमन्त्री रामबहादुर थापा “बादल”लाई छानविन समितिका संयोजक हरिप्रसाद मैनालीले प्रतिवेदन बुझाएका हुन् । गत भदौ ७ गते गठित समितिले बुझाएको प्रतिवेदनमा प्रहरीका कैयौँ कमजोरी औंल्याउनुका साथै गम्भीर प्रकृतिका घटनामा तत्कालै प्रहरीले “एक्सन” नलिँदा घटनाले ठूलो रुप लिएको उल्लेख गरिएको छ ।

निर्मला हत्याको अनुसन्धानमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टले चासो नदेखाउनुले घटनाबारे उनलाई पूर्वजानकारी रहेको हुनसक्ने आशंका प्रतिवेदनमा व्यक्त गरिएको छ । समितिका एक सदस्यका अनुसार विष्टमाथि अनुसन्धान गर्दा थप प्रमाण फेला पर्नेमा ढुक्क हुन सकिने एकिन गरेको छ ।

समितिले निर्मला पन्त हत्यापछि कञ्चनपुरमा एक्कासी जनलहर उत्रिनुमा “राजनीतिक घुसपैठ” भएको निष्कर्ष पनि निकालेको बताइएको छ । प्रहरीले घटनालाई सामान्य रुपमा लिनु र पीडितपक्षले आरोप लगाएका व्यक्तिमाथि गम्भीर नहुनुले प्रहरीको कामकारबाही शंकाको घेराभित्र रहेकाले यसमा थप अनुसन्धान हुनुपर्ने प्रतिवेदनले औंल्याएको छ ।

समितिले प्रतिवेदनमा प्रहरी कार्यालयमा सुपरीवेक्षण अभाव रहेको पनि खुलाएको छ । एसपी विष्ट विवादित व्यक्ति हुँदाहुँदै जिल्लाको इन्चार्ज बनाएर पठाउँदा ख्याल नगरिएकोमा पनि समितिले प्रहरी प्रधान कार्यालयमाथि प्रश्न गरिएको छ ।

आरोपित व्यक्ति खडा गर्दा भनेको र सुनेको आधारमा भन्दा पनि प्रमाणमुखी हुनुपर्नेमा प्रहरी चुकेको प्रतिवेदनले औंल्याएको छ । दिलीपसिंह विष्टलाई प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । यद्यपि निर्मलाको भिजनल स्वाबसँग विष्टको डिएनए नमिलेपछि उनी छुटेका थिए । प्रतिवेदनले घटनास्थललाई सुरक्षित नगर्दा प्रमाणहरु गायब हुने जानकारी हुँदाहुँदै पनि प्रहरी लापरबाही देखिएको प्रतिवेदनले प्रष्ट्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेमा दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय
काभ्रेमा दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय
विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने
विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने
‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’
‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा
दिपक मनाङे किन मन्त्री बने ?
दिपक मनाङे किन मन्त्री बने ?
यातायात व्यवस्था विभागका महानिर्देशकलाई हटाएको हैन, काम गर्न बोलाएको: महासेठ
यातायात व्यवस्था विभागका महानिर्देशकलाई हटाएको हैन, काम गर्न बोलाएको: महासेठ
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का
पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना
पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
खाडीमै बिते लीलमती र भक्तबहादुरका तीन छोरा: रित्तियो काख
खाडीमै बिते लीलमती र भक्तबहादुरका तीन छोरा: रित्तियो काख