फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिनु आवश्यक छ : मन्त्री मोदी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १६, २०८०
|
|
२८ पटक हेरिएको
Shares
फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिनु आवश्यक छ : मन्त्री मोदी

सारांश

  • पाटन ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिन आवश्यक भएको बताएका छन् ।
  • फोहरमैला व्यवस्थापनसम्बन्धी कानूनको अन्तिम मस्यौदा तयारीका लागि आज ललितपुरमा आयोजित छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उनले भने, “फोहरबाट कसरी मोहर निकल्ने, यसलाई पुनः प्रयोगमा ल्याएर कसरी बहुउपयोगी बनाउने भन्ने सन्दर्भमा पनि हामीले ध्यान दिनुपर्छ ।

पाटन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिन आवश्यक भएको बताएका छन् ।

फोहरमैला व्यवस्थापनसम्बन्धी कानूनको अन्तिम मस्यौदा तयारीका लागि आज ललितपुरमा आयोजित छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उनले भने, “फोहरबाट कसरी मोहर निकल्ने, यसलाई पुनः प्रयोगमा ल्याएर कसरी बहुउपयोगी बनाउने भन्ने सन्दर्भमा पनि हामीले ध्यान दिनुपर्छ । फोहरलाई व्यवस्थापन गर्दै पुनः प्रयोगका लागि ल्याउन उद्योगको रूपमा समेत कसरी विकास गर्ने भन्नेतिर ध्यान दिएर काम गर्न जरुरी छ ।”

उनले फोहरमैला व्यवस्थापनमा प्रभावकारी कानून निर्माणका लागि मन्त्रालयले मस्यौदा तयारीको काम अन्तिम चरणमा पु¥याएकाले मौजुदा कानूनमा उचित सुझाव दिनसमेत आग्रह गरे । सबैका सुझावलाई समेटेर नै कानून निर्माण गर्ने आफ्नो र मन्त्रालयको सोच रहेको उनको भनाइ थियो ।

मन्त्री मोदीले प्रशासनिक क्षेत्रको सुधारदेखि ऐन निर्माणसम्मका काममा मन्त्रालयले ध्यान दिइरहेको बताए । मन्त्रालयले सङ्घीय निजामती सेवा ऐन, फोहरमैला व्यवस्थापनसम्बन्धी कानून, ढुङ्गा गिट्टी बालुवासम्बन्धी कानून निर्माणलाई अन्तिम चरणमा पु-याएकोसमेत उनले बताए ।

सङ्घीय मामिला मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले फोहरमैला व्यवस्थापनका विषयमा सङ्घीय ऐनमा नपरेका कुरा प्रदेश र स्थानीय तहले कानून बनाएर सम्बोधन गर्नसक्ने बताए । “नेपाल सरकारको कार्य विभाजनअनुसार फोहरमैला व्यवस्थापन, नीति निर्माण, कानून बनाउने काम सङ्घीय मामिला मन्त्रालय र स्थानीय तहको हो । मन्त्रालयले समन्वय र सहजीकरण गर्नसक्छ, नेतृत्व गर्नुपर्ने संवैधानिक र कानूनी दायित्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छ”, उनले भने ।

प्रधानमन्त्रीका सरसफाइविज्ञ खेम शर्माले पालिका र पालिकाअन्तर्गतका निकायको सरसफाइको गुणस्तरमा वृद्धि गर्दै सरसफाइमा आधुनिक सामान र उचित रसायन अनिवार्यरूपमा प्रयोग गर्नुपर्ने, सुरक्षासहितको पोसाक प्रयोग गर्नुपर्ने, सरसफाइ अडिट गर्ने व्यवस्था मिलाउनुपर्ने धारणा राखेका थिए ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले ऐन बनाउँदा वर्तमान मात्रै नभई भविष्यलाई पनि हेरेर कार्यान्वयन गर्न सजिलो हुने गरी बनाउनुपर्ने बताइन् । “ऐन बनाउँदा वर्तमान मात्रै नभई भविष्यलाई पनि हेरेर कार्यान्वयन गर्न सजिलो हुने गरी बनाइनुपर्छ । सवारी साधनबाट आउने फोहर व्यवस्थापनका कुरा, प्लास्टिक बोतलको प्रयोगलाई निरुत्साहित गरिनुपर्ने व्यवस्था, फोहरमैला वर्गीकरणमा सङ्क्रमणजन्य फोहरलाई उत्पादनको स्रोतमा नै प्रशोधन गर्ने व्यवस्था हुनुपर्छ” उनले भनिन् ।

उनले इलेक्ट्रोनिक फोहर व्यवस्थापनका कुरा र दिसाजन्य फोहर व्यवस्थापन र प्रशोधनका कुरालाई विकल्पसहित कानून ल्याइनुपर्नेमा जोड दिइन् ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उपत्यकाको सन्दर्भमा सबै नगरपालिकामा आफँैले फोहरमैला व्यवस्थापन गर्न मिल्ने गरी स्थान नभएकाले मन्त्रालयले व्यवस्थापन गरिदिनु आवश्यक रहेको बताइन् । उनले फोहरमैलाको व्यवस्थापन गर्न नसक्दा पानीमा समेत समस्या देखिएको, तीनै तहका अधिकारमा बाझिने खालका प्रावधान वर्तमान तथा मस्यौदा भएको कानूनका दफामा रहेको धारणा राखिन् । फोहर व्यवस्थापनका लागि प्रदेश सरकार मातहतमा नियमन गर्ने गरी एउटा समिति हुनुपर्नेमा उनको जोड थियो ।

(https://eluminoustechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो
पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो
कोरोना भाइरसः युरोप र अमेरिकामा संकट
कोरोना भाइरसः युरोप र अमेरिकामा संकट
नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
ओली र दाहालले संयुक्तरुपमा   चुनावी सभा  सम्बोधन  गर्दै
ओली र दाहालले संयुक्तरुपमा चुनावी सभा सम्बोधन गर्दै
उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा
म्यादी प्रहरीमा युवायुवतीको आकर्षण बढ्दो, प्रहरीमा दुई दिनमा ४ हजार बढीको आवेदन
म्यादी प्रहरीमा युवायुवतीको आकर्षण बढ्दो, प्रहरीमा दुई दिनमा ४ हजार बढीको आवेदन
केन्द्रदेखि प्रदेशसम्म सत्ता गुमाउँदै माओवादी,मुख्यमन्त्रीका लागि नेताहरुको दौडधुप
केन्द्रदेखि प्रदेशसम्म सत्ता गुमाउँदै माओवादी,मुख्यमन्त्रीका लागि नेताहरुको दौडधुप
थाइल्याण्डका राजा भूमिवोलको ८८ वर्षकाे उमेरमा निधन
थाइल्याण्डका राजा भूमिवोलको ८८ वर्षकाे उमेरमा निधन
कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार
कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक विकास सम्मेलन गर्दै
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक विकास सम्मेलन गर्दै

तपाईंले छुटाउनुभयो कि?