कोरोना भाइरसः युरोप र अमेरिकामा संकट

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
३० पटक हेरिएको
Shares
कोरोना भाइरसः युरोप र अमेरिकामा संकट

सारांश

  • एजेन्सी, २८ फागुन ।
  • चीनको वुआन प्रान्तबाट फैलिएको कोरोना भाइरस विश्वव्यापी भइरहेको छ ।
  • चीनले भाइरसलाई नियन्त्रणमा लिने क्रममा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

एजेन्सी, २८ फागुन । चीनको वुआन प्रान्तबाट फैलिएको कोरोना भाइरस विश्वव्यापी भइरहेको छ । चीनले भाइरसलाई नियन्त्रणमा लिने क्रममा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । तर, यसले युरोप र अमेरिकामा भयावह रुप लिने खतरा बढेको छ ।

युरोपका सबै देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सँसारमा भाइरसको बढी संक्रमण भएका ११ देशहरुमध्ये छ देश युरोपका छन् । इटाली, जर्मनी, स्पेन, फ्रान्स, बेलायत र नेदरल्यान्डमा बढी समस्या देखिएको छ । युरोपमा भाइरसले भयावह रुप लिने खतरा बढेपछि युरोपेली युनीयन सम्वद्ध देशका नेताहरुले भिडियो कन्फरेन्स गरेर रोगविरुद्ध चाल्ने संयुक्त कदमका बारेमा छलफल गरेका छन् ।

इटाली चीनपछि बढी संक्रमित भएको र मृत्यु भएको तथ्यांक छ । त्यहाँ ६३१ जनाको निधन भइसकेको छ । कोरोनाबाट १० हजार भन्दा बढी संक्रमित भेटिइसकेका छन् ।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । त्यहाँ ३१ जनाको मृत्यु भइसकेको छ । अमेरिकाका कतिपय राज्यहरुले संकटकाल घोषणा गरिसकेका छन् । युरोपको पर्यटन गन्तव्य मुलुक इटाली देशनै ठप्प छ । छ करोड जनसंख्या घरमै बसेका छन् ।

बुधबार सम्म विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या एक लाख १५ हजार कटेको छ । संक्रमणबाट मर्नेको संख्या ४२ सय कटेको छ ।
इन्डोनेशियामा कोरोना भाइरसबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । इरानमा कोरोना भाइरस अझै फैलिइरहेको छ । त्यहाँ चीन र इटालीपछि सबैभन्दा बढी मानिसको संक्रमणबाट मृत्यु भएको तथ्यांक छ । त्यहाँ २९१ मानिसको मृत्यु भइसकेको छ । आठ हजार मानिस संक्रमित भेटिइसकेका छन् ।

भाइरसको संक्रमण हुन नदिन कतिपय देशले सीमा बन्द गरेका छन् । मंगोलियाले पहिलो कोरोना भाइरसको संक्रमित भेटेपछि रुस र चीनसँगको सीमा बन्द गरेको छ ।

जापान र दक्षिण कोरियामा भाइरस खतरनाक बनेको छ । दक्षिण कोरियामा झण्डै आठ हजार मानिस संक्रमित भइसकेका छन् । जापानमा मंगलबार ५४ जना नयाँ संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री विष्टसँग अनुहार मिलेपछि डिजल छर्केर जिउँदै जलाउने प्रयास
मन्त्री विष्टसँग अनुहार मिलेपछि डिजल छर्केर जिउँदै जलाउने प्रयास
‘मायावी’ मा अभिनेत्री करिश्मा श्रेष्ठ
‘मायावी’ मा अभिनेत्री करिश्मा श्रेष्ठ
दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेकाे रिट खारेज
दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेकाे रिट खारेज
मुलुकको अर्थतन्त्रका बाह्य सूचक बलियो, वैदेशिक व्यापार घाटा घट्यो
मुलुकको अर्थतन्त्रका बाह्य सूचक बलियो, वैदेशिक व्यापार घाटा घट्यो
राप्रपाको निर्णय : सरकारलाई दिएको समर्थन फिर्ता लिने
राप्रपाको निर्णय : सरकारलाई दिएको समर्थन फिर्ता लिने
चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण
चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण
पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी
पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी
योजना “म त बस्नै नसक्ने” भन्दैछिन केके लाई (हेरौ भिडियो)
योजना “म त बस्नै नसक्ने” भन्दैछिन केके लाई (हेरौ भिडियो)
अत्यावश्यक सामाग्रीका पसल खुल्ला राख्न निर्देशन
अत्यावश्यक सामाग्रीका पसल खुल्ला राख्न निर्देशन
रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!
रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!

तपाईंले छुटाउनुभयो कि?