ओप्पो ए५७ र ओप्पो ए७७ नेपाली बजारमा आउँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २७, २०७९
|
|
२८ पटक हेरिएको
Shares
ओप्पो ए५७ र ओप्पो ए७७ नेपाली बजारमा आउँदै

सारांश

  • ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने तयारी गरेको छ ।
  • यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ रहेको कम्पनीले जनाएको छ ।
  • ओप्पो ए – सिरिजहरू ओप्पोको एन्ट्री–लेभल मिड–रेन्ज बजेट स्मार्टफोनहरू हुन् ।

ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने तयारी गरेको छ । यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ रहेको कम्पनीले जनाएको छ ।

ओप्पो ए – सिरिजहरू ओप्पोको एन्ट्री–लेभल मिड–रेन्ज बजेट स्मार्टफोनहरू हुन् । यो सिरिजमा आधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो सिरीजको तुलनामा केही सुधारहरू गरिएका छन् । यसमा प्रिमियम टुडी डिजाईन र फ्ल्यागशिप मोडलहरूबाट ट्रिकल–डाउन टेक्नोलोजी प्रयोग गरेको छ ।

यले डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्दछ । कम्पनीले नेपालमा ओप्पो ए७७ र ओप्पो ए५७ को लागि सार्वजनिक गर्ने मिति तोकेको छैन, यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?