प्रधानमन्त्रीको भ्रमणको बारेमा थाहा नभएकालाई नबोल्न प्रम ओलीका सल्लाहकारको सुझाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २४, २०७६
|
|
१६ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको भ्रमणको बारेमा थाहा नभएकालाई नबोल्न प्रम ओलीका सल्लाहकारको सुझाव

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.
  • राजन भट्टराईले यही बैशाख २६ गतेदेखि जेठ १ गतेसम्म हुने प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी दाबी गरेका छन् ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यही बैशाख २६ गतेदेखि जेठ १ गतेसम्म हुने प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमण भियतनाम र कम्बोडियासँग द्विपक्षीय सम्भावनाको खोजी गर्नमा पनि केन्द्रित हुने बताए। उनले भने, ‘भियतनामसँग हाम्रो कुटनीतिक सम्बन्ध धेरै पूरानो हो। तर, यो बीचमा द्विपक्षीय क्रियाकलाप सघन रुपमा हुन सकेका थिएनन्। भियतनाम दक्षिण पूर्वी एशियाको उदाउँदो राष्ट्र हो। द्वन्द्वपछि शान्ति कायम गर्दै स्थायित्व हाँसिल गरेको राष्ट्र हो। प्रधानमन्त्री ओलीको भ्रमणबाट हामीले लाभ लिन सक्छ।’

भट्टराईले भियतनाम आसियानको पनि सदस्य राष्ट्र भएकोले प्रधानमन्त्रीको भ्रमणमा द्धिपक्षीय व्यापारको बारेमा पनि कुराकानी हुने जनाए। सांस्कृतिक पक्ष आदान–प्रदानमा पनि प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने भट्टराईले सुनाए। भियतनामका प्रधानमन्त्रीले पटक–पटक निमन्त्रणा दिएकोले प्रधानमन्त्री त्यसतर्फ जान लागेको पनि उनले प्रष्ट्याए ।

भट्टराईले बहुंख्यक भियतनामी जनताले बुद्ध धर्म मान्ने भएकोले नेपालमा बुद्धिष्ट पर्यटकहरु भित्र्याउनको लागि पनि प्रधानमन्त्रीको भ्रमण फलदायी हुने जनाए। उनले भने, ‘लुम्बिनी अन्तर्रा्ष्ट्रिय विमानस्थल बन्दैछ। हामीले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदैछौं । त्यसैले धार्मिक पर्यटकहरु भित्र्याउनको लागि पनि यो भ्रमण फलदायी हुनेछ।’

भियतनाममा यही मे १२ अर्थात बैशाख २९ गते वैशाखी–डे मनाउने उक्त दिन अन्तर्रा्ष्ट्रिय सम्मेलनको समेत आयोजना गरिएकोले त्यसमा नेपालको प्रधानमन्त्री ओलीले मुख्य वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले सुनाए। उक्त सम्मेलनमा भारतीय उपराष्ट्रपति, मलेसियाका प्रधानमन्त्रीलगायत विभिन्न देशका उच्च पदस्थ व्यक्तिहरु आउने कार्यक्रमसमेत रहेको उनले जनाए ।
त्यस्तै कम्बोडियाको प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएकोले प्रधानमन्त्री त्यसतर्फ जान लागेको उनले सुनाए। ‘कम्बोडियासँगपनि द्विपक्षीय व्यापार लगानीको सम्भाव्यताबारे खोजी गरिनेछ,’ भट्टराईले भने, ‘पछिल्लो समय कम्बोडियाले पर्यटनको विकासमा चमत्कार नै गरेको छ। नेपालले पनि कम्बोडियाको पर्यटन विकासबाट सिक्नुपर्छ।’ प्रधानमन्त्रीको भ्रमणलाई लिएर विज्ञहरुले गरेको टिप्पणीप्रति बोल्दै उनले थाहा नभएकाहरुले नबोल्न सुझाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?