माओवादीका नेताहरुको जिम्मेवारी फेरबदल

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २१, २०८०
|
|
१८ पटक हेरिएको
Shares
माओवादीका नेताहरुको जिम्मेवारी फेरबदल

सारांश

  • काठमाडौँ ।
  • सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ ।
  • आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

काठमाडौँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताको जिम्मेवारी तोकिएको र फेरबदल गरिएको सम्बन्धी प्रस्ताव पेस गरेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । सो बमोजिम पार्टीका उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश इञ्चार्ज बनाएको छ । गैरभौगोलिक प्रदेशका रुपमा चिनिने विशेष प्रदेश समितिका रुपमा कार्यरत सो प्रदेशलाई थप प्रभावकारी बनाउन नेता पुनलाई उक्त जिम्मेवारी दिइएको हो ।

यस्तै उपमहासचिव जनार्दन शर्मालाई वागमती प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । सचिव लीलामणि पोखरेललाई मधेश प्रदेश इञ्चार्ज र सचिव देवेन्द्र पौडेल गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । यसैगरी चक्रपाणि खनाललाई कोशी प्रदेश इञ्चार्ज, हितमान शाक्यलाई लुम्बिनी प्रदेश इञ्चार्ज, मात्रिका यादवलाई कर्णाली प्रदेश इञ्चार्ज र डिलाराम आचार्यलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । नेता गिरिराजमणि पोखरेललाई उपत्यका सम्पर्क समन्वय प्रदेश इञ्चार्जको जिम्मेवारी दिइदा नेता राम कार्कीलाई प्रवास प्रदेशको इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यस्तै समाजवादी मोर्चा र पार्टी एकता संयोजनको जिम्मेवारी उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ । जनसङ्गठन समन्वयको जिम्मा उपाध्यक्ष पम्फा भुसालले पाउँदा प्रचार विभागको इञ्चार्जको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिइएको छ । विज्ञान–प्रविधि विभागको इञ्चार्जको जिम्मेवारीमा गणेश साह हुनुहुन्छ भने बुद्धिजीवी, प्राध्यापक, मानवअधिकार, शिक्षक, तथा कानुन व्यवसायी सङ्गठनको समन्वयको जिम्मेवारी दिननाथ शर्माले पाएका छन् ।

यसैगरी, जनवर्गीय सङ्गठनका सबै फ्याक्र्सन इञ्चार्ज पनि परिवर्तन गरिएको छ । त्यस्तै पार्टीको स्थायी समिति र केन्द्रीय सदस्यहरुको समेत जिम्मेवारी तोकिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदमा रेल वे अध्ययादेश, २०७८ पेश
संसदमा रेल वे अध्ययादेश, २०७८ पेश
आईपीएलमा सन्दीपको धमाकेदार बलिंग, जिते स्टाइलिस प्लेयर अफ द म्याच अवार्ड
आईपीएलमा सन्दीपको धमाकेदार बलिंग, जिते स्टाइलिस प्लेयर अफ द म्याच अवार्ड
आरजुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउन लविङ सुरु
आरजुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउन लविङ सुरु
सुरुङमार्ग ‘ब्रेक थ्रु’को विष्फोटनसँगै यातायातमा नयाँ युगको सुरुआत
सुरुङमार्ग ‘ब्रेक थ्रु’को विष्फोटनसँगै यातायातमा नयाँ युगको सुरुआत
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
फणिराज (राजुमणी) लोहनी राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित
फणिराज (राजुमणी) लोहनी राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित
नेदरल्याण्ड्स र सेनेगल विश्वकपको अन्तिम १६ मा
नेदरल्याण्ड्स र सेनेगल विश्वकपको अन्तिम १६ मा
तीन हजार ८ सय किलो सुन प्रकरण: अर्का व्यवसायी पक्राउ
सरकारी अस्पतालका निजी औषधि पसल हटाइदैं…
सरकारी अस्पतालका निजी औषधि पसल हटाइदैं…
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध

तपाईंले छुटाउनुभयो कि?