तीन हजार ८ सय किलो सुन प्रकरण: अर्का व्यवसायी पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ८ असार ।
  • तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणअनुसन्धानका लागि व्यवसायी अकबर शाह पक्राउ परेका छन्।
  • प्रकरणको अनुसन्धान गरिरहेको सरकारी समितिले बिहीबार शाहलाई नियन्त्रणमा लिएर साेधपुछ गरिरहेको हो।

काठमाडाै, ८ असार । तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणअनुसन्धानका लागि व्यवसायी अकबर शाह पक्राउ परेका छन्।

प्रकरणको अनुसन्धान गरिरहेको सरकारी समितिले बिहीबार शाहलाई नियन्त्रणमा लिएर साेधपुछ गरिरहेको हो।

ललितपुरमा रेष्टुरेन्ट सञ्चालन गरिरहेका शाह अवैध सुन तस्करीका लगानीकर्ता हुन्।

समिती स्रोतका अनुसार ठेकेदार मकबुल शाहका छोरा अकबरको दुबईमा रहेका माफियासँग सम्पर्क देखिएको छ।

अकबर गोली हानी हत्या गरिएका सञ्चार उद्दमी जमिम शाहका भतिजा हुन्।

सुन तस्करीका मुख्य लगानीकर्ता मानिएका एमके मामा भन्ने मोहनकुमार अग्रवाल भने घटना अनुसन्धान सुरु भएयता फरार छन्। धरान-३, सुनसरीका स्थायी बासिन्दा अग्रवाल पक्राउ गर्न सरकारी टोली सक्रिय बनेको छ।

एमकेसहित उक्त काण्डका चार प्रतिवादीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भइसकेको छ।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्युरो काठमाडौंमार्फत असार ४ मा इन्टरपोल मुख्यालयले सुन तस्करीका मुख्य नाइके एमके, चूडामणि उप्रेती गोरेका भाइ रमेश उप्रेती, बेनु श्रेष्ठ र हरिशरण खड्काविरुद्ध रेड नोटिस जारी गरेको हो।

सरकारले गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको विशेष अनुसन्धान टोलीको छानबिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर भित्रने अवैध सुनमा उनीहरूको लगानी भेटिएको हो।

यस्तै दुबईमा रहेका रमेशले सुन तस्करीमा प्रत्यक्ष सघाउँदै आएका थिए। रमेश यसअघि २०७३ पुस २१ मा बरामद साढे ३३ किलो सुन प्रकरणका समेत प्रतिवादी हुन्।

काभ्रेका हरिशरण खड्का र इटहरीका बेनु श्रेष्ठसमेत सुन तस्करीका लगानीकर्ता रहेको अनुसन्धानमा खुलेको छ।

चारै जनाविरुद्ध मोरङ जिल्ला अदालतले वारेन्ट जारी गरेपछि प्रहरीले खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरेको हो।

(https://fleshbot.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेलाई हेरेर माओवादीले पनि उपराष्ट्रपति दोहोर्याउने
मन नपरेको पार्टीले बहुमत ल्यायो भनेर आन्दोलन गर्नु अर्थ छैन, जनताको निर्णय हो : प्रधानमन्त्री ओली
मन नपरेको पार्टीले बहुमत ल्यायो भनेर आन्दोलन गर्नु अर्थ छैन, जनताको निर्णय हो : प्रधानमन्त्री ओली
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली : प्रचार नखोज्ने व्यक्ति
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली : प्रचार नखोज्ने व्यक्ति
श्रीमतीको कुटाइबाट ५५ वर्षीय नेपालीको मृत्यु
श्रीमतीको कुटाइबाट ५५ वर्षीय नेपालीको मृत्यु
समयमा पुल निर्माण नहुँदा गौरादहका जनतालाई सास्ती
समयमा पुल निर्माण नहुँदा गौरादहका जनतालाई सास्ती
निर्मला हत्या प्रकरण:  प्रचण्डले फाेन गरे अाेलीले सहमति जनाए!
निर्मला हत्या प्रकरण: प्रचण्डले फाेन गरे अाेलीले सहमति जनाए!
पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता
पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता
सापकोटामाथि कुनै मुद्दा छैन : दाहाल
सापकोटामाथि कुनै मुद्दा छैन : दाहाल
तनहुँ–१ उपनिर्वाचनः दुई उम्मेदवारले मात्रै मतदान गर्दै
तनहुँ–१ उपनिर्वाचनः दुई उम्मेदवारले मात्रै मतदान गर्दै
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा

तपाईंले छुटाउनुभयो कि?