घरेलु कामदार विदा मनाउन नेपाल आए फेरी जान नपाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०७४
|
|
२९५ पटक हेरिएको
Shares
घरेलु कामदार विदा मनाउन नेपाल आए फेरी जान नपाउने

सारांश

  • कामको सिलसिलामा खाडी मुलुकमा  गएका घरेलु कामदार विदा मनाउन नेपाल आए जान नपाउने भएका छन्।
  • संसदको श्रम समितिले निर्देशन दिएपछि सरकारले गत चैत २२ गतेदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको हो ।
  • श्रम स्वीकृति, घरेलु कामदारको भिसा, पर्यटक भिसा लगाउने मात्र होइन घरेलु कामदारमा गएर विदा मनाउन नेपाल आएकाहरुलाई पनि त्यता जान दिइएको छैन।

कामको सिलसिलामा खाडी मुलुकमा  गएका घरेलु कामदार विदा मनाउन नेपाल आए जान नपाउने भएका छन्। संसदको श्रम समितिले निर्देशन दिएपछि सरकारले गत चैत २२ गतेदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको हो ।

श्रम स्वीकृति, घरेलु कामदारको भिसा, पर्यटक भिसा लगाउने मात्र होइन घरेलु कामदारमा गएर विदा मनाउन नेपाल आएकाहरुलाई पनि त्यता जान दिइएको छैन। श्रम स्वीकृति र भिसा लिएर उड्न ठिक्क परेका घरेलु कामदारहरु गत २२ गतेदेखि युएइ लगायतका खाडी मुलुकमा जान पाएका छैनन्। बिदामा आएका बैदेशिक रोजगारमा गएका  वैदेशिक रोजगार विभागले श्रम समितिको निर्देशनपछि घरेलु कामदार पठाउन रोक लगाएको जनाएको छ। घरेलु कामदार जान रोक लगाएपछि सरकारको अहिले चौतर्फी आलोचना भइरहेको छ।

विभागका महानिर्देशक विश्वराज पाण्डेले घरेलु कामदारमा रोक लगाउ भन्नासाथ रिइन्ट्री, वैध तथा अवैध सबैबाटोबाट जाने पर्ने र कानुनले सबैलाई एउटै तराजुमा राखेर व्यवहार गर्नुपर्ने हुदाँ विदामा आएकाहरुलाई श्रम स्वीकृति नबिकरण नदिइएको बताए।घरेलु कामदार विदामा आएतापनि काम गर्न विदेश पठाउन सरकारले रोक्न नहुने सरोकारबाला संघसंस्थाले बताएका छन्।

कुवेतमा ६ हजारभन्दा बढी, युएइमा २५ हजार, साउदीमा ४० हजार, जिसिसि राष्ट्रमा १ लाख ५० हजारजति घरेलु कामदार रहेको घरेलु कामदार सरोकार समितिले जनाएको छ। विदेश पुगेका अधिकांश घरेलु कामदार अवैध तरिकाबाट त्यहाँ पुगेको समितिको दाबी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?