भौतिक पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३०, २०८०
|
|
२९ पटक हेरिएको
Shares
भौतिक पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण

सारांश

  • काठमाडौँ ।
  • भौतिक भूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाराजगञ्जस्थित नारायाण गोपाल चोकदेखि बूढानीलकण्ठसम्म सडक निरीक्षण गरेका छन् ।
  • निरीक्षणपछि पानी चुहिँदा बाटो बिग्रिने खाल्टाखुल्टी हुने स्थिति देखिएको बताउँदै सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिइसकेको उनले बताए ।

काठमाडौँ । भौतिक भूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाराजगञ्जस्थित नारायाण गोपाल चोकदेखि बूढानीलकण्ठसम्म सडक निरीक्षण गरेका छन् ।

निरीक्षणपछि पानी चुहिँदा बाटो बिग्रिने खाल्टाखुल्टी हुने स्थिति देखिएको बताउँदै सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिइसकेको उनले बताए । मन्त्री ज्वालाले भने, “हामीले स्थलगतरुपमै आएर हाम्रा कार्यालय र कन्ट्र्याक्टर दुवै पक्षलाई छिटोभन्दा छिटो सडकमा देखिएका खाल्टाखुल्टी, व्यवस्थित एवं खाल्टाखुल्टी मर्मत गर्नका निर्देशन दिएका छौँ, उहाँहरुले तीव्ररुपमा काम अगाडि बढाइ रहनुभएको छ ।”

काठमाडौँलगायत अन्य स्थानमा विभिन्न कारणले सडक खाल्टाखुल्टी भएको बताउँदै उनले सम्बन्धित सबै निकायलाई समन्वय गरेर समस्याको समाधान गर्न निर्देशन दिएको जानकारी दिए । । निरीक्षणका क्रममा राज्यमन्त्री नन्दा चपाईँ र मन्त्रालयका सचिव केशव शर्माको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?