आन्दोलनको तयारीमा राजपा : दुईदिन नेपाल ठप्प पार्ने, अब के होला ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०७४
|
|
४२ पटक हेरिएको
Shares
आन्दोलनको तयारीमा राजपा : दुईदिन नेपाल ठप्प पार्ने, अब के होला ?

सारांश

  • काठमाडौं ।
  • सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच बसेको बैठक बिना निश्कर्ष टुंगिएको छ ।
  • असार १४ मा हुने २ नम्बर प्रदेशकोको चुनाव सार्न राजपाले गरेको माग सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् ।

काठमाडौं । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच बसेको बैठक बिना निश्कर्ष टुंगिएको छ । असार १४ मा हुने २ नम्बर प्रदेशकोको चुनाव सार्न राजपाले गरेको माग सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् ।

आइतबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र शीर्ष राजपा नेताहरूबीच चुनाव सार्ने सहमति नभएमा राजपाले चुनाव बहिष्कार गर्दै बन्दलगायत आन्दोलनका घोषणा गर्ने बताएको छ ।

राजपा नेपालले असार १४ का लागि निर्धारित स्थानीय तहको दोस्रो चरण निर्वाचन सार्न राखेको प्रस्ताव सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले ठाडै अस्वीकार गरेपछि निर्वाचनको सम्भावनाबारे अड्कलबाजी हुन थालेको छ ।

शनिबार राजपा र सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा चुनाव सार्ने राजपाको मागलाई सत्ता पक्षले ठाडै अस्वीकार गरेपछि बैठक आइतबारका लागि सारिएको थियो ।

राजपाको अडानप्रति प्रतिपक्षी एमालेले कडा आपत्ति जनाउँदै चुनाव कुनै पनि हालतमा सर्न नहुने बताएको छ ।
सत्ता गठबन्धनको दुई नेतृत्व देउवा र पूर्वप्रधानमन्त्री दाहालको सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको राजपालाई चुनावमा लिएर जाँदा निर्वाचन सार्नुपर्ने, छाड्दा समीकरणबीचको द्वन्द्वले मुलुकमै गम्भीर संकटमा पर्न सक्ने त्रास जन्मने देखिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा शनिबारको बसेको बैठकमा प्रधानमन्त्री देउवाले पूर्वनिर्धारित कार्यक्रमअनुसार असार १४ मा हुन लागेको स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले राजपालाई प्रमुख प्रतिपक्षी दल एमालेको कारण संविधान संशोधनको प्रस्तावमा दुईतिहाइ र्पुयाउन नसक्ने भएकाले चुनाव पछि दुईतिहाइ र्पुयाउँदै संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राजपा आन्दोलनमा जाने

राजपाको बुधबार बस्ने बैठकले सरकारले संविधान संशोधनविनै स्थानीय चुनावमा जाने निर्णय गरे असार १४ गते हुने स्थानीय निर्वाचन क्षेत्रमा दुईदिने बन्दलगायत आन्दोनलका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

सरकारले बुधबार अपराह्नसम्म गत मंगलबार भएको भद्र सहमतिको पालना नगरेमा आन्दोलनको विकल्प नरहेको ठकर राजपाका नेताहरूले गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?