२८ हजार २९८ जनाको उम्मेदवारी दर्ता, विवरण आउने क्रम जारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
२० पटक हेरिएको
Shares
२८ हजार २९८ जनाको उम्मेदवारी दर्ता, विवरण आउने क्रम जारी

सारांश

  • काठमाडौँ, २२ भदौ ।
  • स्थानीय तहको तेस्रो चरणको आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि हालसम्म २८ हजार २९८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
  • आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज दिउँसो १२ः३० बजेसम्म प्राप्त विवरणअनुसार प्रमुख÷अध्यक्ष पदमा एक हजार ५१०, उपप्रमुख÷उपाध्यक्ष पदमा ९७५, वडाध्यक्ष पदमा छ हजार २८० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

काठमाडौँ, २२ भदौ । स्थानीय तहको तेस्रो चरणको आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि हालसम्म २८ हजार २९८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज दिउँसो १२ः३० बजेसम्म प्राप्त विवरणअनुसार प्रमुख÷अध्यक्ष पदमा एक हजार ५१०, उपप्रमुख÷उपाध्यक्ष पदमा ९७५, वडाध्यक्ष पदमा छ हजार २८० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

खुल्ला सदस्य दुई पदमा १० हजार ५१९, महिला सदस्यमा चार हजार ७४८ र महिला दलित सदस्यमा चार हजार २६६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरण आउने क्रम जारी नै रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता कार्य बुधबार उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको थियो ।

उम्मेदवारी दर्ताका लागि महिला, दलितलगायतका उम्मेदवारले उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता गराउनुभयो । यस निर्वाचन एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा हुँदैछ । तेस्रो चरणको निर्वाचनबाट छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
विश्वकप फुटवलको प्रचारात्मक गितमा नेपालकाे झण्डा !
विश्वकप फुटवलको प्रचारात्मक गितमा नेपालकाे झण्डा !
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक
हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक
७ वर्षसम्म बहिनी बलात्कार गर्ने दाजु
७ वर्षसम्म बहिनी बलात्कार गर्ने दाजु
धर्म परिवर्तन गराउँदै हिड्नेलाई ५ वर्ष जेल
धर्म परिवर्तन गराउँदै हिड्नेलाई ५ वर्ष जेल
जसपाले आज मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने
जसपाले आज मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने
राजनीतिक कक्षा सञ्चालन  गरेर नेमकिपाले गर्ने भयो चुनाव प्रचार
राजनीतिक कक्षा सञ्चालन गरेर नेमकिपाले गर्ने भयो चुनाव प्रचार
मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान
मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान
लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका रामजी कुँवरलाई विजयी गराउने माओवादी केन्द्रको प्रतिबद्धता !

तपाईंले छुटाउनुभयो कि?