‘अल्झिएको हुन्छु म’

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०८०
|
|
३१ पटक हेरिएको
Shares
‘अल्झिएको हुन्छु म’

सारांश

  • काठमाडौं ।
  • गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको ‘अल्झिएको हुन्छु म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
  • रोमाण्टिक भर्सनको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ।

काठमाडौं । गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको ‘अल्झिएको हुन्छु म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ। टिका दहालले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा कैलाश न्यौपाने र क्रिष्टिना अनु बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। कैलाश र क्रिष्टिनाले यसै भिडियो मार्फत मोडलिङमा डेब्यु गरेका हुन्। अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको गीतको भिडियोलाई सुरज पाण्डेले खिचेका हुन्। भिडियोलाई दिन्सन शाहले सम्पादन रहेको छ। भिम न्यौपानेको निर्देशनमा भिडियो तयार पारिएको हो।

न्यौपाने निर्देशित यो पहिलो म्युजिक भिडियो हो। व्यवसायी, फिल्म निर्माता एवम कलाकार समेत रहेका न्यौपानेले यसअघि चलचित्र निर्माण तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। बुद्ध ट्राभल एण्ड टुरको निर्माण सहयोग रहेको भिडियोलाई ‘बिजी इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?