थवाङ,दार्चुला,बझाङ को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
थवाङ,दार्चुला,बझाङ को ताजा पारीणाम

सारांश

  • थवाङमा माओवादीलाई डर, उपप्रमुखमा स्वतन्त्रले पारे पछि जनयुद्धको उद्गम थलो रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारबिच निकै प्रतिष्पर्धा हुने देखिएको छ ।
  • थवाङमा माओवादी केन्द्र एक्लै चुनावमा गएको थियो भने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबिच तालमेल भएको थियो ।
  • थवाङको पछिल्लो परिणामअनुसार माओवादी केन्द्रका वीर बहादुर घर्तीले अध्यक्ष पदमा १ सय ३२ मत पाउनुभएको छ ।
थवाङमा माओवादीलाई डर, उपप्रमुखमा स्वतन्त्रले पारे पछि

जनयुद्धको उद्गम थलो रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारबिच निकै प्रतिष्पर्धा हुने देखिएको छ । थवाङमा माओवादी केन्द्र एक्लै चुनावमा गएको थियो भने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबिच तालमेल भएको थियो ।

थवाङको पछिल्लो परिणामअनुसार माओवादी केन्द्रका वीर बहादुर घर्तीले अध्यक्ष पदमा १ सय ३२ मत पाउनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार अमित घर्तीले ७० मत ल्याउनुभएको छ ।

उपप्रमुखमा भने माओवादी केन्द्रकी रामकिरणी रोकालाई स्वतन्त्र उम्मेदवार श्री कुमारी रोकाले उछिन्नुभएको छ । रामकिरणीले १ सय १९ मत ल्याउनुभएको छ भने श्री कुमारी रोकाले १ सय २२ मत ल्याउनुभएको छ ।

दार्चुला: केही वडामा कांग्रेसका उम्मेदवार निर्वाचित, कांग्रेसकै उम्मेदवार अघि

 दार्चुलाको महाकाली नगरपालिका १ मा कांग्रेसको प्यानल विजयी भएको छ ।  कांग्रेसका उम्मेदवार कल्यानसिंह कुँवर ५ सय ७३ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कुन्दनसिंह कुँवरले ५ सय ३१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, लेकम गाँउपालिका १ मा कांग्रेसकै प्यानल विजयी भएको छ । वडाअध्यक्षका रुपमा दौलतसिंह साउद निर्वाचित हुनु भयो ।

शैल्यशिखर नगरपालिकामा पनि कांग्रेसकै अग्रता रहेको छ । मेयरका उम्मेदवार कांग्रेसका अमरसिंह धामी १८३, एमालेका गंगादत्त जोशी ८८, माओवादी केन्द्रका मोहनदेव विष्ट ४९ पाएका छन् । दार्चुलाको सबै स्थानीय तहमा मतगणना जारी छ ।

महाकाली नगरपालिका:

कांग्रेस: मेयर हंसराज भट्ट ५८८ र उपमेयर सोना बोहरा ५५८
एमाले: मेयर नरसिंह चैसिर ५१४ र उपमेयर दुर्गा धामी ५१७
माओवादी केन्द्र: मेयर खडकसिंह धामी ५२ र उपमेयर सुमित्रादेवी कुँवर ७३

बझाङ : वित्थडचिर गाँउपालिकामा एमाले र कांग्रेसको प्रतिस्पर्धा, दुवैको ८८६ मत

बझाङको वित्थडचिर गाउँपालिकामा कांगे्रस र एमालेका उम्मेदवारबिच कडा प्रतिस्पर्धा रहेको छ ।

तीन वटा वडाको मतगणना भइसक्दा कांग्रेसका अध्यक्ष पदका उम्मेदवार धनबहादुर खड्काले ८ सय ८६ मत र उपाध्यक्ष पदका उम्मेदवार कमला जोशीले ८ सय १४ मत प्राप्त गर्नु भएको छ ।

यस्तै एमालेका अध्यक्ष पदका उम्मेदवार पे्रमबहादुर बोहराले पनि ८ सय ८६ मत र उपाध्यक्ष जानकी बोहराले ८ सय ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोविन्द्र प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका उम्मेदवार रमेश अधिकारीले २ सय ९८ र उपाध्यक्ष मिनाकुमारी बोहराले भने ३ सय ६० मत प्राप्त गर्नु भएको छ । वित्थडचिरको १, २ र ३ वडाको मतगणना सम्पन्न भएको छ । वडा नम्बर १ मा एमालेका धनबहादुर बोहरा, २ मा एमालेकै मान बहादुर बोहरा र ३ मा कांग्रेसका नरबहादुर बोहरा अध्यक्षमा निर्वाचित हुनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?