गाजाका अस्पतालहरु चिहान बन्दै, अस्पताल भित्र र बाहिर शवहरूको थुप्रो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०८०
|
|
२४ पटक हेरिएको
Shares
गाजाका अस्पतालहरु चिहान बन्दै, अस्पताल भित्र र बाहिर शवहरूको थुप्रो

सारांश

  • काठमाडौं।
  • गाजाको सबैभन्दा ठूलो अस्पताल अल-शिफा चिहान बन्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
  • अस्पताल भित्र र बाहिर शवहरू थुप्रिएका छन्।

काठमाडौं। गाजाको सबैभन्दा ठूलो अस्पताल अल-शिफा चिहान बन्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अस्पताल भित्र र बाहिर शवहरू थुप्रिएका छन्।

समयपूर्व जन्मिएका दर्जनौं शिशुहरु तथा र डायलासिस गर्नुपर्ने मिर्गौला रोगीलाई समेत इन्धनको अभावले राम्रोसँग उपचार गर्न नसकिएको राष्ट्रसंघका प्रवक्ताले बताएका छन्।

गाजाका दुई ठूला अस्पतालहरू अल-शिफा र अल-कुड्स इन्धन सकिएपछि अहिले बन्द भएका छन्। हालैका दिनहरूमा गाजा शहरको अस्पतालहरु नजिकै आक्रमण भइरहेको समचार छ।

गाजाका अस्पतालहरू इजरायली सेनाहरूले घेरामा राखेका छन्। इजरायलले गाजाका अस्पतालहरु मुनि हमासको नियन्त्रण केन्द्र रहेको आरोप लगाउँदै अस्पताल वरपर आक्रमण गरिरहेको छ। तर हमासले भने सो कुरा अस्वीकार गरेको छ।

इजरायलले अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि ईजरायलले गरेको आक्रमणमा ११ हजार २ सय भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।

त्यसैगरी इजरायलमा हमासको आक्रमणबाट १२ सय भन्दा बढीको ज्यान गएको छ। २ सय ४० भन्दा बढीलाई बन्धक बनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशिल छ : गृहमन्त्री श्रेष्ठ
शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशिल छ : गृहमन्त्री श्रेष्ठ
इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा
इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा, नेताहरुलाई भेट्न निषेध
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा, नेताहरुलाई भेट्न निषेध
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट फाल्गुनन्द जयन्तीको शुभकामना
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट फाल्गुनन्द जयन्तीको शुभकामना
भारतमा आईपीएल चलिरहँदा, नेपालमा करोडौंको बाजी !
भारतमा आईपीएल चलिरहँदा, नेपालमा करोडौंको बाजी !
आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने
आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने
राजीनामाको चेतावनी नदिएको प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण
राजीनामाको चेतावनी नदिएको प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण
एसीसी प्रिमियर कप: मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य
एसीसी प्रिमियर कप: मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य
रविमाथि अमानवीय व्यवहार भएको विषयमा आयोगद्वारा छानविन सुरु
रविमाथि अमानवीय व्यवहार भएको विषयमा आयोगद्वारा छानविन सुरु
प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन
प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

तपाईंले छुटाउनुभयो कि?