विप्लव समूहका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
विप्लव समूहका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला पक्राउ

सारांश

  • काठमाडाैं।
  • सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहका नेपाल क्युनिष्ट पार्टी (नेकपा)का मकवानपुर जिल्ला इञ्चार्ज वीरबहादुर घलान (ज्वाला)लाई प्रहरीले पक्राउ गरेकाे छ।
  • सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका घलानलाई बिहीबार राति हेटौँडाको फायरलाइनबाट पक्राउ गरिएको हो।
काठमाडाैं। सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहका नेपाल क्युनिष्ट पार्टी (नेकपा)का मकवानपुर जिल्ला इञ्चार्ज वीरबहादुर घलान (ज्वाला)लाई प्रहरीले पक्राउ गरेकाे छ।
सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका घलानलाई बिहीबार राति हेटौँडाको फायरलाइनबाट पक्राउ गरिएको हो। उनीसँगै अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको बताइएकाे छ।
यसअघि पनि विप्लव समूहका चारजनलाई पक्राउ गरेको मकवानपुर प्रहरीले अहिले पक्राउ पर्नेहरुलाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन।
यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर हिरासतमा राखेर विभिन्न मुद्दाहरु चलाएको थियाे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?