नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच आयात निर्यात सम्बन्धी सम्झौता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०८०
|
|
२५ पटक हेरिएको
Shares
नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच आयात निर्यात सम्बन्धी सम्झौता

सारांश

  • काठमाडौं ।
  • नेपाल बैंक लिमिटेडले र एक्जिम बैंक इन्डियाबीच सम्झौता भएको छ ।
  • वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ‘ट्रेड एसोसिएसन प्रोगाम’ अन्तर्गत सम्झौता भएको हो ।

काठमाडौं । नेपाल बैंक लिमिटेडले र एक्जिम बैंक इन्डियाबीच सम्झौता भएको छ । वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ‘ट्रेड एसोसिएसन प्रोगाम’ अन्तर्गत सम्झौता भएको हो ।

नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो । नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।

दुई संस्थाहरूबीचमा भएको हस्ताक्षर कार्यक्रममा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले भने, ‘हामी एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं । आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरिनेछ । यो सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरि कार्य गर्ने योजनामा छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?