३३ किलो सुनकाण्डमा ३ सय अनुसन्धानको दायरामा, केही राजनीतिक दलका नेताहरु पनि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
३३ किलो सुनकाण्डमा ३ सय अनुसन्धानको दायरामा, केही राजनीतिक दलका नेताहरु पनि

सारांश

  • काठमाडौं, १७ साउन ।
  • ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानविन गर्न गठित छानविन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ ।
  • गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानविन समितिले ७ सय ५२ पेज भन्दा लामो प्रतिवेदन बुझाएको छ ।

काठमाडौं, १७ साउन । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानविन गर्न गठित छानविन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानविन समितिले ७ सय ५२ पेज भन्दा लामो प्रतिवेदन बुझाएको छ । समितिले ७५ जना बिरुद्ध मुद्धा दायर गरेको छ भने ४५ जनालाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो ।

प्रधानमन्त्री ओलीलाई बुझाएको प्रतिवेदनमा नेपालमा लामो समयदेखि सुन तस्करी राजनीतिक दल, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका उच्च अधिकारीको संरक्षण हुने गरेको कारण सुन तस्करीका लागि नेपाल स्वर्ग भएको समेत प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ ।

प्रतिवेदनमा सुन तस्करी काण्डमा अझै ३ सय भन्दा बढीको संलग्नता रहेको र उनीहरुको नाम नै किटेर कारवाहीको दायरमा ल्याउन समेत समितिले आग्रह गरेको छ । जसमा केही राजनीतिक दलका नेताहरु समेत रहेको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binod Gole

    किन रोकियो सुनकानडा जतिसकदो छिटो लयाउनु परयो असलि सुन तसकर जनता माझ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?