पुरुषले १६ श्रृगांर गरेर पूजा गर्ने यो मन्दिर

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १७, २०७७
|
|
२७ पटक हेरिएको
Shares
पुरुषले १६ श्रृगांर गरेर पूजा गर्ने यो मन्दिर

सारांश

  • केरालामा एक यस्तो मन्दिर छ जहाँ पुजा गर्नकै लागि पुरुषहरु श्रृंगार गर्छन् र महिला बन्छन् ।
  • श्रीदेवी मन्दिरमा देवी मा को पुजाको यस्ता परम्परा रहेका छन् ।
  • त्यहाँ पुजा गर्नकै लागि देश तथा विदेशबाट मानिसहरु आउने गर्छन् ।

केरालामा एक यस्तो मन्दिर छ जहाँ पुजा गर्नकै लागि पुरुषहरु श्रृंगार गर्छन् र महिला बन्छन् । श्रीदेवी मन्दिरमा देवी मा को पुजाको यस्ता परम्परा रहेका छन् । त्यहाँ पुजा गर्नकै लागि देश तथा विदेशबाट मानिसहरु आउने गर्छन् । महिलाहरुलाई मन्दिरमा प्रवेश नदिएको त सुनेकै छौ तर यो मन्दिरमा भने पुरुषहरु महिला बनेर मात्र पुाज गर्न पाउँछन् । पुरुषलाई महिलाको १६ श्रृंगार गरे मात्र मन्दिरमा अनुमति दिइन्छ ।

यो मन्दिरमा हरेक वर्ष २३ र २४ मार्चमा चाम्याविलक्कु उत्सव मनाउने गर्छन् । यस उत्सवमा पुरुष पनि महिला जस्तै भएर साडी लगाएर १६ श्रृंगार गरेर माताको आराधना गर्ने गर्छन् । यो मन्दिरमा देवीको मा को मुर्ति आफै प्रकट भएको भन्ने मान्यता रहदै आएको छ । केरलाको यो मन्दिर एक यस्तो मन्दिर हो जसको गर्भगृहको माथि कलश छैन ।

यो मन्दिरमा पुरुषले महिलाको कपडा लगाएर ढुगांमा फुल चढाएका थिए । फुल चढाएपछि ढुंगााबाट दिव्य शक्ति निक्लेको थियो । त्यही ढुगांमा कसैले नरिवल फोडीरहेका थिए त्यही समयमा पत्थरबाट रगत बगेको थियो । पछि मानिसहरुले त्यहाँ पुजा गर्न थालेको किम्बदन्ती रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?