मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २, २०७४
|
|
२७ पटक हेरिएको
Shares
मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए

सारांश

  • पथरी (मोरङ), २ भदौ ।
  • नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग गर्दै हडताल गरेका करण नेपाल आउने मालबाहक कन्टेनर र ट्रक रोकिएका छन् ।
  • भारतीय बजार जोगबनीका स्थानीयले हडताल गरेका कारण नेपालतर्फ आउने मालबाहक सवारीसाधन रोकिएका हुन् ।

पथरी (मोरङ), २ भदौ । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग गर्दै हडताल गरेका करण नेपाल आउने मालबाहक कन्टेनर र ट्रक रोकिएका छन् ।

भारतीय बजार जोगबनीका स्थानीयले हडताल गरेका कारण नेपालतर्फ आउने मालबाहक सवारीसाधन रोकिएका हुन् । हडतालका कारण जोगबनी बजार पूर्णतः बन्द छ ।

सडकमा प्रदर्शनकारीले टायर बालेर नाराबाजी गरिरहेका छन् । उनीहरूले सडकमा साइकलबाहेक कुनै सवारीसाधन चल्न दिएका छैनन् । स्थानीय नरेश यादवका अनुसार बाढीबाट जोगबनी क्षेत्रमा मात्र १४ जनाको मृत्यु भएको छ र १० हजार घरपरिवार विस्थापित भएका छन् । उनका अनुसार सरकारले कुनै राहत सामग्री उपलब्ध नगराएका कारण स्थानीयवासी स्वतःस्फूर्त रूपमा आन्दोलनमा उत्रिएका हुन् ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष बिजेन्द्र परासरले नाकातर्फ आइरहेका मालबाहक गाडी सीमापारि ५०० कोे संख्यामा थन्किएर बसेको जानकारी दिनुभयो । यसबाट नेपालका आयातकर्ताले (विलम्ब शुल्क) तिर्नुपर्ने भएको छ । एक कन्टेनरले एक दिनको भारु पाँचहजार देखि छ हजार र मालबाहक ट्रकले भारु दुई हजारदेखि २५ सयसम्म विलम्ब शुल्क तिर्नुपर्ने अध्यक्ष परासरको भनाइ छ ।

साउन २८ गते शनिबारदेखि मालबाहक गाडी सीमापारि रोकिएका हुन् । बाढी र त्यसपछिको हडतालका कारण मालसामान भित्रन नपाएपछि विराटनगर भन्सारबाट हुने राजस्व संकलनमा असर पुगेको छ । दैनिक रु साढे सात करोडको हाराहारीमा राजस्व संकलन गरिरहेको कार्यालयले बिहीबार बेलुकासम्म रु ७५ लाखमात्र असुल गरेको छ ।

कार्यालयले साउन २८ गते रु चार लाख, साउन २९ गते रु एक लाख ८७ हजार, ३० गते रु ३९ लाख र ३१ गते रु ५३ लाख, भदौ १ मा रु ७४ लाख संकलन गरेको थियो ।

“यो राजस्व पनि पहिलेदेखि नै आएर थन्किएका मालसामान जाँचपास गरेर संकलन गरिएको हो”, भन्सार अधिकृत हेमन्त न्यौपानेले भन्नुभयो । उहाँका अनुसार साउन २८ गतेयता केही भित्रिएको छैन ।

विराटनगर भन्सारले चालु आर्थिक वर्षमा रु ३१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको भन्सार अधिकृत दिलीप केसीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिका रहने छ,नवराज सिलवाल’
नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिका रहने छ,नवराज सिलवाल’
सुजीताले डा. केसीलाई भनिन्, कांग्रेसले रोपेको विषवृक्षमा अमृत कसरी फल्छ ?
सुजीताले डा. केसीलाई भनिन्, कांग्रेसले रोपेको विषवृक्षमा अमृत कसरी फल्छ ?
परराष्ट्रमन्त्री साउदद्वारा लिङ्गेश्वर धामको अवलोकन
परराष्ट्रमन्त्री साउदद्वारा लिङ्गेश्वर धामको अवलोकन
जासुसी भूउपग्रहहरुको खुलासा, करौडो मानिस जोखिममा
जासुसी भूउपग्रहहरुको खुलासा, करौडो मानिस जोखिममा
प्रदेश नम्बर २ को  सम्भावित भावी मुख्यमन्त्रीहरु
प्रदेश नम्बर २ को सम्भावित भावी मुख्यमन्त्रीहरु
ओली प्रधानमन्त्रीमा नियुक्त हुँदा राष्ट्रपति कार्यालयको त्रुटी छताछुल्ल
ओली प्रधानमन्त्रीमा नियुक्त हुँदा राष्ट्रपति कार्यालयको त्रुटी छताछुल्ल
एक शर्त मानेपछि पाइन्छ २५ रुपैयाँमा गर्लफ्रेण्ड
एक शर्त मानेपछि पाइन्छ २५ रुपैयाँमा गर्लफ्रेण्ड
श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
उच्चमा मुद्दा नटुंगिदै हाइप्रोफाइल वन्यजन्तु तस्कर सर्वाेच्चमा
उच्चमा मुद्दा नटुंगिदै हाइप्रोफाइल वन्यजन्तु तस्कर सर्वाेच्चमा
एसिड पीडित मुस्कानलाई बलिउडका अमिताभ बच्चनको सन्देश
एसिड पीडित मुस्कानलाई बलिउडका अमिताभ बच्चनको सन्देश

तपाईंले छुटाउनुभयो कि?