काेल्ट्सकाे १०० रन पुरा, नेपाल दबावमा !
सारांश
- काठमाडौँ, १० भदौ ।
- एसिया कप छनोट खेलका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले स्थानिय क्लब कोल्टस क्रिकेट क्लबसँग आफ्नो तेस्रो तथा अन्तिम खेल खेलिरहेको छ ।
- ५० रन भित्रै आफ्नो सुरुवाति ४ ब्याट्सम्यान गुमाएको कोल्टसले सम्हालिको ब्याटिङ गर्दै २६ अाैँ ओभरमा अाफ्नाे १०० रन पु्रा गरेकाे छ ।
काठमाडौँ, १० भदौ । एसिया कप छनोट खेलका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले स्थानिय क्लब कोल्टस क्रिकेट क्लबसँग आफ्नो तेस्रो तथा अन्तिम खेल खेलिरहेको छ ।
५० रन भित्रै आफ्नो सुरुवाति ४ ब्याट्सम्यान गुमाएको कोल्टसले सम्हालिको ब्याटिङ गर्दै २६ अाैँ ओभरमा अाफ्नाे १०० रन पु्रा गरेकाे छ । ४४ रनमा सोमपाल कामीले नेपालका लागि चौँथो सफलता दिलाएपछि कोल्टसले कुनै पनि विकेट गुमाएको छैन ।
काेल्ट्सका अाएना र हसनले अर्धसतकिय साझेदारी गर्दै टाेलिकाे ब्याटिङ् सम्हालेका हुन । उनीहरु व्यक्तिगत क्रमश २० र ३१ रनमा खेलिरहेका छन् । काेल्ट्सले २७ अाेभरमा ४ विकेट गुमाएर १ सय ३ रन बनाएकाे छ ।
नेपालका लागि सोमपाल कामी र करन केसीले समान २\२ विकेट लिएका छन् । कोल्ट्सले टस जित्दै पहिले ब्याटिङ् गर्ने निर्णय गरेको थियो । यो खेल पश्चात नेपाल सोमबार एसिया कप छनोट प्रतियोगिताका लागि मेलसिया प्रस्थान गर्नेछ ।
प्रतिक्रिया