जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र अछामबाट १३ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०८०
|
|
२९ पटक हेरिएको
Shares
जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र अछामबाट १३ जना पक्राउ

सारांश

  • काठमाडौं ।
  • काठमाडौं, दक्षिणकाली नगरपालिका–५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसमेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
  • ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६५ हजार रूपैयाँ र विभिन्न ब्राण्डका मोबाइल १० थानसहित पक्राउ गरेको हो ।

काठमाडौं । काठमाडौं, दक्षिणकाली नगरपालिका–५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसमेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६५ हजार रूपैयाँ र विभिन्न ब्राण्डका मोबाइल १० थानसहित पक्राउ गरेको हो ।

अछाम, मंगलसेन नगरपालिका–५ मंगलसेन बजारस्थित अर्जुन सिंह बिष्टको सिलाई कटाईको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय रमजान खाँ समेत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ६ सय ३० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?