पत्नि सीताको उपचारका लागि आज प्रचण्ड अमेरिका जाँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
पत्नि सीताको उपचारका लागि आज प्रचण्ड अमेरिका जाँदै

सारांश

  • चैत ३, काठमाण्डौ ।
  • नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नि सीताको उपचार गराउँन आज अमेरिका जाँदैछन् ।
  • पत्नी सीताको उपचारका लागि उनी आज साँझ अमेरिका जान लागेका हुन् ।

चैत ३, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नि सीताको उपचार गराउँन आज अमेरिका जाँदैछन् ।

पत्नी सीताको उपचारका लागि उनी आज साँझ अमेरिका जान लागेका हुन् ।

प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जानेछन् । उनीहरु साँझ पाँच बजे अमेरिका प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

दुई महिनाअघि नै अमेरिका जान लागेका दाहाललाई भेनेजुयला प्रकरणले अप्ठ्यारो पारेको थियो ।

भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी गरिएको विज्ञप्तिले आलोचना भएपछि प्रचण्डले अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए ।

त्यसको केही दिनपछि नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले प्रचण्डलाई भेटेर अमेरिका जान सहजीकरण गरिदिएका थिए ।

सीताको पार्किन्सन रोगको उपचारका लागि अमेरिका लान लागिएको हो । अघिल्लो वर्ष छोरा प्रकाश दाहालको निधनपछि उनलाई झन् रोगले च्यापेको छ ।

यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छैन ।

उपचारकै सिलसिलामा गत कात्तिक महिनामा प्रचण्ड र सीताले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका थिए ।

(https://whatthefab.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय
उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति, कोको परे ?
उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति, कोको परे ?
पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना
पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना
कोन्वे र रविन्द्रको उत्कृष्ट ब्याटिङमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो
कोन्वे र रविन्द्रको उत्कृष्ट ब्याटिङमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो
यी पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना
गुन्डा नाइके समिरमानसिंह बस्नेतकी श्रीमती पक्राउ
गुन्डा नाइके समिरमानसिंह बस्नेतकी श्रीमती पक्राउ
जीप तथा माइक्रोबसका लागि नयाँ बसपार्कभित्र ५६ वटा टिकट काउण्टर थप
जीप तथा माइक्रोबसका लागि नयाँ बसपार्कभित्र ५६ वटा टिकट काउण्टर थप
राजपा अध्यक्षमण्डलमा यादव
राजपा अध्यक्षमण्डलमा यादव
नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले
नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले
आज गरुपूर्णिमा, कस्तो छ  तपाईंको राशिफल?
आज गरुपूर्णिमा, कस्तो छ तपाईंको राशिफल?