विपक्षीबिनाको निर्वाचनपछि बंगलादेशमा हसिनालाई ‘पूर्ण विजय’ प्राप्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०८०
|
|
२९ पटक हेरिएको
Shares
विपक्षीबिनाको निर्वाचनपछि बंगलादेशमा हसिनालाई ‘पूर्ण विजय’ प्राप्त

सारांश

  • काठमाडौं।
  • सत्तामा आफ्नो पाँचौँ कार्यकाल प्राप्त गरेको खुशीयाली मनाउँदै गर्दा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार मुलुकको आम निर्वाचनमा विपक्षीको आलोचनालाई ‘अवैध’ भन्दै अस्वीकार गरेकी छन्।
  • कुनैबेला गरिबीले आक्रान्त मुलुकमा हसिनाले खतरनाक आर्थिक विकासको अध्यक्षता गरेको छ तर उनको सरकारमाथि ठूलो मात्रामा मानवअधिकार उल्लंघनर असहमतिमाथि निर्मम कारवाहीको आरोप लगाइएको छ।

काठमाडौं। सत्तामा आफ्नो पाँचौँ कार्यकाल प्राप्त गरेको खुशीयाली मनाउँदै गर्दा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार मुलुकको आम निर्वाचनमा विपक्षीको आलोचनालाई ‘अवैध’ भन्दै अस्वीकार गरेकी छन्।

कुनैबेला गरिबीले आक्रान्त मुलुकमा हसिनाले खतरनाक आर्थिक विकासको अध्यक्षता गरेको छ तर उनको सरकारमाथि ठूलो मात्रामा मानवअधिकार उल्लंघनर असहमतिमाथि निर्मम कारवाहीको आरोप लगाइएको छ।

“निर्वाचन स्वतन्त्र र निष्पक्ष थियो”, उनले आइतबार मतदान गरेपछि आफ्नो पहिलो टिप्पणीमा पत्रकारहरूसँग भनिन्। जम्मा ४१ दशमलव आठ प्रतिशत मात्र मतदान भएको आइतबारको निर्वाचनमा विपक्षीहरूको बहिष्कारपछि उनको पार्टीले तीन चौथाइ सिट हासिल गरेको छ।

“कुनै पार्टीले निर्वाचनमा भाग लिएन भने त्यहाँ लोकतन्त्र छैन भन्ने होइन”, उनले भनिन्, “आलोचना गर्न चाहनेले आलोचना गर्न सक्छ।”

विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले आम हडतालको आह्वान गर्यो र अन्य दर्जनौँ दलले निर्वाचन बहिष्कार गरे। बिएनपीका वरिष्ठ नेता मोइन खानले सोमबार ढाकामा पत्रकारहरूसँग निर्वाचनलाई ‘नक्कली निर्वाचन’ भन्दै सरकार ‘अवैध’ रहेको बताए।

निर्वाचन आयोगका सचिव मोनिरुज्जमान तालुकदारले हसिनाको पार्टीले आइतबारको निर्वाचनमा दुई सय २३ सिट जितेको बताए। यद्यपि अन्य सांसदको समर्थनमा तीन सय सिटको संसद्मा उनको वास्तविक नियन्त्रण अझ बढी भएको विश्लेषकहरूले बताएका छन्।

छयत्तर वर्षीया हसिनाले आइतबार मतदानपछि नागरिकहरूसँग लोकतान्त्रिक प्रक्रियामा विश्वास देखाउन आह्वान गर्दै बिनपीलाई ‘आतंकवादी संगठन’ नाम दिइन्।

इलिनोइस स्टेट विश्वविद्यालयका अलि रिायजले एएफपीलाई भने, “यो एक दलीय संसद् हो, निर्वाचनमा अवामी लिगका सहयोगीहरूलाई मात्र भाग लिने अवसर प्राप्त भएको थियो।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संखुवासभाः जिल्लाबाट  प्रमुख दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरे,
संखुवासभाः जिल्लाबाट प्रमुख दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरे,
गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी
गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी
कोरोना भाइरसको उच्च प्रकोप, सरकारको छैन पूर्वतयारी
कोरोना भाइरसको उच्च प्रकोप, सरकारको छैन पूर्वतयारी
धर्मप्रचार गर्नेलाई फिर्ता पठाएको प्रतिशोध साँध्न इयुको प्रतिवेदन : प्रधानमन्त्री
नेपाल र बंगलादेश सेमिफाइनलमा
नेपाल र बंगलादेश सेमिफाइनलमा
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
निर्बाचन आयोगले वाम गठबन्धनका रायको उम्मेदवारी रद्द गरेपछि गठबन्धनमा खैलाबैला, कारण सहित
निर्बाचन आयोगले वाम गठबन्धनका रायको उम्मेदवारी रद्द गरेपछि गठबन्धनमा खैलाबैला, कारण सहित
गाउँपालिका, नगरपालिकामा देखियो यस्तो अनियमितता
सप्तरीमा करेन्ट लागेर बुबाको मृत्यु, छोरा घाइते
सप्तरीमा करेन्ट लागेर बुबाको मृत्यु, छोरा घाइते
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

तपाईंले छुटाउनुभयो कि?