नेपाल र बंगलादेश सेमिफाइनलमा
सारांश
- विराटनगर ३०,फागुन।
- साफ महिला च्याम्पियनसिप २०१९ अन्तर्गत समूह ए बाट आयोजक नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका छन् ।
- आजको खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेपछि भुटान समूह चरणबाटै बाहिरिएको छ ।
विराटनगर ३०,फागुन। साफ महिला च्याम्पियनसिप २०१९ अन्तर्गत समूह ए बाट आयोजक नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका छन् ।आजको खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेपछि भुटान समूह चरणबाटै बाहिरिएको छ ।समूहको पहिलो खेलमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो ।
दोस्रो खेलमा पनि भुटान पराजित भएपछि लगातार चौथो संस्करणमा अंकविहिन हुँदै घर फर्कियो ।समूह ‘ए’ को अंक तालिकामा नेपाल शीर्षस्थानमा रहेको छ । बंगलादेशले पनि समान ३ अंक जोडेपनि गोलअन्तरको आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ । शनिबार हुने समूहको अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्नेछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया