गृहमन्त्री थापा र म्यान्माका परराष्ट्र सचिवबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
गृहमन्त्री थापा र म्यान्माका परराष्ट्र सचिवबीच भेटवार्ता

सारांश

  • काठमाडौँ, १५ साउन ।
  • गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपाल भ्रमणमा रहेका म्यान्माका परराष्ट्र मन्त्रालयका स्थायी सचिव उ मिन्त थुले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • गृहमन्त्रालयमा भएको भेटमा नेपाल–म्यान्मा द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

काठमाडौँ, १५ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपाल भ्रमणमा रहेका म्यान्माका परराष्ट्र मन्त्रालयका स्थायी सचिव उ मिन्त थुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–म्यान्मा द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका गृहमन्त्री थापाले भेटमा नेपाल र म्यान्माबीच एतिहासिककालदेखि नै सम्बन्ध रहेको चर्चा गर्दै सोही कारण अहिले पनि म्यान्मामा हजारौंको संख्यामा नेपाली मूलका म्यान्मालीहरु बसोबास गरिरहेको टिप्पणी गरे । उनले अन्तरदेशीय अपराध, मानवतस्करी लगायतका विषयमा दुई देशबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।

भेटमा म्यान्माका परराष्ट्र सचिव थुले नेपाल र म्यान्माको सम्बन्धलाई थप मजबुत बनाउन बुद्धको जन्मभूमि लुम्बिनीले भूमिका खेलिरहेको बताए । आफ्नो भ्रमणको क्रममा व्यापार, पर्यटन लगायतका क्षेत्रमा आपसी सहकार्य सम्बन्धी सम्झौता हिजो नेपाल र म्यान्माबीच भएको गृहमन्त्री थापालाई जानकारी दिँदै यसले दुई देशबीच थप अन्य क्षेत्रमा समेत सहकार्यको ढोका खोल्ने विश्वास व्यक्त गरे । उनले नेपालको गृहमन्त्रालय र म्यान्माको गृहमन्त्रालयबीच अपराध नियन्त्रण र तालिमका लागि सहयोग र सहकार्य गरेर जानुपर्ने धारणा पनि राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ