निर्बाचन आयोगले वाम गठबन्धनका रायको उम्मेदवारी रद्द गरेपछि गठबन्धनमा खैलाबैला, कारण सहित

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
१८ पटक हेरिएको
Shares
निर्बाचन आयोगले वाम गठबन्धनका रायको उम्मेदवारी रद्द गरेपछि गठबन्धनमा खैलाबैला, कारण सहित

सारांश

  • काठमाडौं निर्वाचन आयोगले वाम गठबन्धनका तर्फबाट सर्लाही ४ मा उम्मेदवार रहेका शिवपुजन राय यादवको उम्मेदवारी खारेज गरेको छ।
  • चुनावको मुखैमा माओवादी केन्द्र प्रवेश गरी सर्लाही ४ बाट उम्मेदवार बनेका यादवउपर कुटनीतिक राहदानी दुरुपयोगमा अदालतले दोषी ठहर गरेको उजुरी थियो।
  • लामो समयसम्म उजुरीमा मौनत साधेको निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको १० दिनअघि उम्मेदवारी खारेज गरेको हो।

काठमाडौं

निर्वाचन आयोगले वाम गठबन्धनका तर्फबाट सर्लाही ४ मा उम्मेदवार रहेका शिवपुजन राय यादवको उम्मेदवारी खारेज गरेको छ। चुनावको मुखैमा माओवादी केन्द्र प्रवेश गरी सर्लाही ४ बाट उम्मेदवार बनेका यादवउपर कुटनीतिक राहदानी दुरुपयोगमा अदालतले दोषी ठहर गरेको उजुरी थियो।

लामो समयसम्म उजुरीमा मौनत साधेको निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको १० दिनअघि उम्मेदवारी खारेज गरेको हो।

आयोगले शनिबार नै उजुरी खारेज गर्ने सम्वन्धी निर्णय गरे पनि सार्वजनिक गरेको छैन। आयोग स्रोतका अनुसार निर्णयबारे जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र सम्वन्धित उम्मेदवारलाई जानकारी दिने प्रक्रिया भने सुरु भइसकेको छ।

दोस्रो चरणको निर्वाचनमा भाग लिन उम्मेदवार बनेका तनहुँका गोविन्दराज जोशी र रायको उजुरीको प्रकृति एकै थियो। जोशीको उम्मेदवारी तत्काल रद्द भए पनि यादवको लामो समयपछि निर्णय भएको हो।

सामान्यतया दाबी विरोधको उजुरी जिल्ला तहबाटै निर्णय गर्ने यसअघिको प्रचलन भए पनि जोशी र रायको उजुरी आयोगको केन्द्रमै तानिएको थियो।

यस्तो छ खारेजीको कारण

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा १३ घ अनुसार यादवको उम्मेदवारी रिद्द गरिएको हो।

तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट सभासद् हुँदा यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी दुरुपयोगको मुद्दा चलाएको थियो। आरोप लागेका पाँचमध्ये तीन जनालाई विशेषले दोषी ठहर गरेको थियो। गायत्री साह, विश्वनाथ यादवसँगै शिवपुजन पनि दोषी ठहरिएका थिए।

२०७२ साउन २६ गतेको उक्त फैसलाको पुनरावेदन सर्वोच्चमा विचाराधीन छ। विशेषले शिवपुजनलाई चार महिना जेल र १५ हजार जरिवाना हुने आदेश गरेको थियो।

पहिलो संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट सर्लाही तत्कालीन तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई पराजित गरी राय संविधानसभा सदस्य बनेका थिए। २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पार्टी बदलेर महेन्द्र राय यादव नेतृत्वको दलबाट सर्लाही ६ मा नै उनी उम्मेदवार बनेका थिए। कांग्रेसका अमरेशकुमार सिंहसँग उनी पराजित भएका थिए।

योपटक पनि सर्लाही ४ मा राय कांग्रेसका सिंहसँग नै प्रतिस्पर्धामा थिए।

आफ्नो कुटनीतिक राहदानी दुरुपयोग गरेर अन्य व्यक्तिलाई विदेश पठाएको आरोपमा उनीमाथि अख्तियारले मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?