डलरको भाउ बढ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०८०
|
|
२९ पटक हेरिएको
Shares
डलरको भाउ बढ्यो

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
  • जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको बढेको छ भने युरोको भाउ घटेको छ।

सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज भने २२ पैसाले बढेको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६० पैसा र बिक्रीदर १३३ रूपैयाँ २० पैसामा कारोबार भएको छ । सोमबार यसको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रूपैयाँ २७ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा ०७ पैसाले घटेको हो। यसअघि सोमबार युरोको खरिददर १४२ रूपैयाँ ७९ पैसा र बिक्रीदर १४३ रूपैयाँ ३४ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार १ रुपैयाँ ६९ पैसाले घटेको बेलायती पाउण्ड सटर्लिङ आज पनि ३० पैसाले घटेको हो । मंगलबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६८ पैसा कायम गरिएको छ । सोमबार यसको खरिददर १६७ रूपैयाँ २२ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९८ पैसा तोकिएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ६५ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९८ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर १० रुपैयाँ कायम गरेको जनाइएको छ ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीदर २८ रूपैयाँ ०४ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ८० पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
विहेको अघिल्लो दिनदेखि सम्पर्कविहीन खरेल भारतमा
विहेको अघिल्लो दिनदेखि सम्पर्कविहीन खरेल भारतमा
पोखरामा आमन्त्रण टेबुल टेनिस प्रतियोगिता सुरु
पोखरामा आमन्त्रण टेबुल टेनिस प्रतियोगिता सुरु
ट्रम्पको चुनावी अभियानलाई मस्कको अहिलेसम्म ७५ मिलियन डलर सहयोग
ट्रम्पको चुनावी अभियानलाई मस्कको अहिलेसम्म ७५ मिलियन डलर सहयोग
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
भ्रमण सफल भएको भारतले गर्यो दाबी
भ्रमण सफल भएको भारतले गर्यो दाबी
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
बाम एकता र युवा सतर्कता-किरण पौडेल
बाम एकता र युवा सतर्कता-किरण पौडेल
मोरङ ४ मा कांग्रेसका महेश आचार्य मोदीसँग पराजित
मोरङ ४ मा कांग्रेसका महेश आचार्य मोदीसँग पराजित
छावाहरुको फुटवल खेलमा प्रभु बैंक फाइनलमा ।
छावाहरुको फुटवल खेलमा प्रभु बैंक फाइनलमा ।

तपाईंले छुटाउनुभयो कि?