दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
५१ पटक हेरिएको
Shares
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन

सारांश

  • काठमाडौं, ३० साउन ।
  • पहिलोपटक खानेपानी र सरसफाईसम्बन्धी छाता कानुन बन्ने भएको छ ।
  • मौलिक हकको प्रत्याभूति हुनेगरी कानून निर्माण गर्न खानेपानी मन्त्रालयले समिति निर्माण गरी मस्यौदा तयार गरेको हो ।

काठमाडौं, ३० साउन । पहिलोपटक खानेपानी र सरसफाईसम्बन्धी छाता कानुन बन्ने भएको छ । मौलिक हकको प्रत्याभूति हुनेगरी कानून निर्माण गर्न खानेपानी मन्त्रालयले समिति निर्माण गरी मस्यौदा तयार गरेको हो ।

मस्यौदामाथि छलफल गर्ने क्रममा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालले लिएका विकास लक्ष्य पूरा हुने र संविधानले निर्दिष्ट गरेका अधिकार कार्यान्वयन हुने किसिमको कानून निर्माणमा जोड दिइन् । संविधानले ग्यारेण्टी गरेको खानेपानी तथा सरसफाईसम्बन्धी अधिकार कार्यान्वयनका लागि खानेपानी र सरसफाईसम्बन्धी छाता कानुनको मस्यौदामाथि आन्तरिक छलफल सुरु भएको मन्त्री मगरले जानकारी दिइन् ।

उनले दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षण गर्ने खालको कानूनी व्यवस्था हुनुपर्ने सुझाव दिइन् । मन्त्री मगरले दुषित पानी वितरण गर्ने सेवा प्रदायक र व्यापारीलाई दण्डित गर्नका लागि कानून ल्याउन लागिएको पनि उल्लेख गरिन् ।

मस्यौदामा के छ ?
१२ परिच्छेदको मस्यौदा कानूनमा खानेपानीको अधिकार र स्रोतसम्बन्धी ब्यवस्था तथा पानी वितरणका लागि अनुमतिपत्र सम्बन्धी ब्यवस्था गरिएको छ । कानून कार्यान्वयनमा आएपछि आम उपभोक्ताले भोगेको सास्ती कम हुने अनुमान गर्न सकिन्छ । मस्यौदामा निम्न मुख्य व्यवस्था छन् ः

– मस्यौदा कानूनमा खानेपानीको अधिकार र स्रोतसम्बन्धी ब्यवस्था
– पानी वितरणका लागि अनुमतिपत्र सम्बन्धी ब्यवस्था
– खानेपानीको अधिकार र स्रोत सम्बन्धी ब्यवस्था
– अनुमतिपत्र सम्बन्धी ब्यवस्था
– खानेपानी तथा सरसफाई प्रणालीको सञ्चालन सम्बन्धी ब्यवस्था
– ट्याङ्कर तथा बोतलबन्दी खानेपानी सेवा सञ्चालन सम्बन्धी ब्यवस्था
– सेवा सञ्चालनसम्बन्धी ब्यवस्था
– महशुल, सेवाशुल्क एवम् कर सम्बन्धी ब्यवस्था
– सेवा प्रणाली एवं सेवास्तरको अनुगमन, सुपरीवेक्षण तथा नियमन सम्बन्धी ब्यवस्था
– गुणस्तर मानक तथा मापदण्डसम्बन्धी ब्यवस्था
– कसूर तथा सजाय सम्बन्धी ब्यवस्था

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैँमा पनि चामल अभाव हुने
दशैँमा पनि चामल अभाव हुने
भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिताः ३० देशका ४०० खेलाडी सहभागी हुने
भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिताः ३० देशका ४०० खेलाडी सहभागी हुने
जनप्रतिनिधिसहित स्थानीयवासीद्वारा पशुपति क्षेत्रको गुरुयोजना खारेजी माग
जनप्रतिनिधिसहित स्थानीयवासीद्वारा पशुपति क्षेत्रको गुरुयोजना खारेजी माग
चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
किन धर्मसंकटमा माओवादी र एकीकृत समाजवादी ?
किन धर्मसंकटमा माओवादी र एकीकृत समाजवादी ?
कुन अर्थमन्त्रीको पालामा कति थियो वजेट?
कुन अर्थमन्त्रीको पालामा कति थियो वजेट?
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने:सेना र प्रहरीले पम्प खोल्ने जग्गा नै पाएनन्
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने:सेना र प्रहरीले पम्प खोल्ने जग्गा नै पाएनन्
सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”
सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले  अगाडि,
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले अगाडि,
एमाले पार्टी कार्यालयमा आगजनी…
एमाले पार्टी कार्यालयमा आगजनी…