पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा

सारांश

  • अस्बिन खड्का बैशाख, ५ जेठ ।
  • रमपम उदयपुर गोल्डकपको उपाधि ललितपुरको थ्री स्टार क्लबले हात पारेको छ ।
  • खेलको १९ औ मिनेटमा अजय मार्टिनले हेडमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेपछि खेल थ्रीस्टारले जित्न सफल भएको हो ।

अस्बिन खड्का

बैशाख, ५ जेठ । रमपम उदयपुर गोल्डकपको उपाधि ललितपुरको थ्री स्टार क्लबले हात पारेको छ । खेलको १९ औ मिनेटमा अजय मार्टिनले हेडमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेपछि खेल थ्रीस्टारले जित्न सफल भएको हो ।

हाफ पछिको खेलमा केहीबेर विवाद उत्पन्न भएपछि खेल रेफ्रीले दुबै टिमका १÷१ जना खेलाडीलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए । थ्रीस्टारका लागि आजका गोलकर्ता अजय मार्टिनले समेत रातो कार्ड पाएका थिए । १०÷१० खेलाडीमा भएको दुबै टिमले खेलमा थप गोल गर्न सकेनन् । मार्टिनको १ गोलले नै थ्रीस्टारलाई फाइनलको उपाधि दिलाउन सफल रह्यो । मार्टिनले ४ गोल गरी सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत बनेका छन् ।

खेलमा प्रथम हुने थ्रीस्टारलाई ५ लाख नगद र ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कार दिइएको थियो । उप बिजेतालाई ३ लाख नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । बिजेताहरुलाई प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बोले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?