गाजास्थित शरणार्थी शिविरमा आक्रमण, ३२ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०८१
|
|
१९ पटक हेरिएको
Shares
गाजास्थित शरणार्थी शिविरमा आक्रमण, ३२ जनाको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • हमास विरुद्धको युद्धको बीचमा इजरायलले मध्य गाजामा रहेको ७६ वर्षीय नुसिरत शरणार्थी शिविरमा आक्रमण गरेको थियो ।
  • यसै क्रममा एउटा विद्यालयलाई निशाना बनाइएको थियो ।

काठमाडौँ । हमास विरुद्धको युद्धको बीचमा इजरायलले मध्य गाजामा रहेको ७६ वर्षीय नुसिरत शरणार्थी शिविरमा आक्रमण गरेको थियो । यसै क्रममा एउटा विद्यालयलाई निशाना बनाइएको थियो । लडाकु विमानले गरेको यो हवाई हमलामा ३२ जनाको मृत्यु भएको छ । जसमा महिला र बालबालिका रहेका छन् ।

जबकि हमासको अल-अक्सा मिडियाले आक्रमणमा ३९ जनाको ज्यान गएको जनाएको छ । इजरायलको रक्षा बलले यो आक्रमणको पुष्टि गरेको छ । आइडीएफले विद्यालयमा हमासको नुख्बा फोर्सका लडाकुहरूले शरण लिएको दाबी गरेको छ । इजरायलले हवाई आक्रमणमा उनलाई निशाना बनाएको थियो ।

इजरायल र हमास बीचको युद्ध सुरु भएदेखि, १० लाखभन्दा बढी मानिसहरू घरबारविहीन भएका छन् । उनीहरूले गाजाका विभिन्न ठाउँमा विद्यालय र अस्पतालमा शरण लिएका छन् । समाचार एजेन्सी एपीका अनुसार नुसिरत शरणार्थी शिविर गाजा पट्टीको बीचमा अवस्थित छ। सन् १९४८ मा इजरायलको स्थापनापछि लाखौं प्यालेस्टिनीहरू घरबारविहीन भएका थिए। उनीहरुलाई आश्रय दिन नुसिरत शिविर निर्माण गरिएको हो ।

आइडीएफले विद्यालयमा आक्रमण गर्नुअघि पूर्ण योजना बनाइएको दाबी गरेको छ । यस क्रममा त्यहाँ उपस्थित आम नागरिकलाई धेरै नोक्सान नहोस् भन्ने कुरामा विशेष ध्यान दिइएको थियो । यसका लागि उक्त क्षेत्रको हवाई निगरानी गरिएको थियो । साथै त्यहाँ उपस्थित इजरायली गुप्तचर स्रोतहरूबाट पनि जानकारी सङ्कलन गरिएको थियो ।

इजरायली आक्रमणपछि गाजामा रहेको हमास नेतृत्वको सरकारको मिडिया कार्यालयले पनि विज्ञप्ति जारी गरेको छ । उनले विद्यालयमा भएको आक्रमणलाई नरसंहार भनेका छन् । मिडिया कार्यालयका प्रवक्ता इस्माइल अल थाब्ताले घाइतेहरूलाई अल-अक्सा सहिद अस्पतालमा भर्ना गरिएको बताए।

अल जजीराको रिपोर्टका अनुसार युएन रिलिफ एण्ड वर्क एजेन्सीले युद्धअघि गाजामा १८३ विद्यालय सञ्चालन गरेको थियो । युद्ध सुरु भएदेखि नै यी विद्यालयका भवनहरू शरणार्थी शिविरमा परिणत भएका छन् ।

८ महिनादेखि जारी इजरायली आक्रमणमायी विद्यालयमा आश्रय लिएका ४५५ जनाको मृत्यु भएको छ । यसअघि ११ र १३ अप्रिलमा पनि इजरायलले नुसरात शरणार्थी शिविरका विद्यालयमा तीनपटक आक्रमण गरेको थियो । यस अवधिमा ७ जनाको मृत्यु भएको छ ।

गत वर्षको डिसेम्बरमा पनि इजरायलले गाजाका दुई विद्यालयमा हवाई आक्रमण गरेको थियो । यसमा ५० जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्नी आरजुलार्इ राष्ट्रियसभामा मनोनित गर्ने प्रस्ताव किन ल्याए देउवाले ?
चार वर्षमै काठमाडौंको चक्रपथमा मोनोरेल चलाइदिने मलेसियाली कम्पनीको प्रस्ताव
चार वर्षमै काठमाडौंको चक्रपथमा मोनोरेल चलाइदिने मलेसियाली कम्पनीको प्रस्ताव
रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता
रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण
तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण
६९ औ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइदै
६९ औ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइदै
वामदेवद्वारा एकता अभियानको पूर्वाभ्यास, प्रचण्डसँग भेटवार्ता
वामदेवद्वारा एकता अभियानको पूर्वाभ्यास, प्रचण्डसँग भेटवार्ता
निर्वाचनको अन्तिम तयारीमा आयोग, जिल्ला पुग्यो मतपेटिका
निर्वाचनको अन्तिम तयारीमा आयोग, जिल्ला पुग्यो मतपेटिका
पानी खान खनेको कुवामा आगो लागेपछि गाउँले चकित
पानी खान खनेको कुवामा आगो लागेपछि गाउँले चकित
पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु
पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु

तपाईंले छुटाउनुभयो कि?