शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ९, २०८०
|
|
२४ पटक हेरिएको
Shares
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो

सारांश

  • काठमाडौं ।
  • भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य सखाप हुने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दाबी गरेका छन् ।
  • आज मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरू र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उनले देशमा भ्रष्टाचारले चारैतिरबाट जडा गाडेको बताए ।

काठमाडौं । भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य सखाप हुने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दाबी गरेका छन् ।

आज मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरू र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उनले देशमा भ्रष्टाचारले चारैतिरबाट जडा गाडेको बताए ।

जता त्यतै भ्रष्टाचार भएको देखिने भन्दै भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउनुपर्ने उनको भनाई छ । उनले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको तर्क गरे । उनले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा बदनाम गराउने बताए ।

उनले भूटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरूले आफ्नो अनुहार कसरी देखाउने भन्ने प्रश्न खडा भएको बताए । ‘ यो कुराहरूलाई शून्य सहनशिलताको रुप लिएर नेपाली कांग्रेस यो केन्द्रीय समितिपछि पक्कैपनि हामीहरू अगाडी बढ्छौँ भन्नेकुरा तपाईहरूको माझ राख्न चाहन्छु’, उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?