युरोकपमा फ्रान्सको विजयी शुरुवात, एम्बाप्पेको नाक भाँचियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ४, २०८१
|
|
२७ पटक हेरिएको
Shares
युरोकपमा फ्रान्सको विजयी शुरुवात, एम्बाप्पेको नाक भाँचियो

सारांश

  • काठमाडौं।
  • फ्रान्सले जारी युरोकपमा विजयी शुरुवात गरेको छ।
  • गएराति सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।

काठमाडौं। फ्रान्सले जारी युरोकपमा विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।

यस खेलमा खेलको ३८औं मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो। फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो।

यस खेलमा एम्बाप्पे भने घाइते भएका छन्। रिपोर्टका अनुसार उनको नाक भाँचिएको छ। मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिएका छन्। रिपोर्टका अनुसार एम्बाप्पेले भाँचिएको नाकको अहिले सर्जरी नगर्ने र अब समूह चरणका बाँकी दुई खेल बारे के गर्ने भन्ने निर्णय छिट्टै लिने बताइएको छ।

समूह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?