उदयपुर गोल्डकपमा हात्ती छिरेर अड्कियो पुच्छर
सारांश
- अस्बिन खड्का उदयपुर, ३० बैशाख ।
- उदयपुरमा जारी “पाँचौं रमपम उदयपुर गोल्डकप”मा “हात्ती छिर्यो पुच्छर अड्कियो” भन्ने नेपाली उखान चरितार्थ भएको छ ।
- थरुहट रङ्गशालामा हिजोदेखि शुरु भएको खेलमा आयोजकले सबै कुरा मिलाए पनि उदयपुरका पत्रकारहरुलाई इन्टरनेटको पहुँचबाट टाढा राखेको छ ।
अस्बिन खड्का
उदयपुर, ३० बैशाख । उदयपुरमा जारी “पाँचौं रमपम उदयपुर गोल्डकप”मा “हात्ती छिर्यो पुच्छर अड्कियो” भन्ने नेपाली उखान चरितार्थ भएको छ । थरुहट रङ्गशालामा हिजोदेखि शुरु भएको खेलमा आयोजकले सबै कुरा मिलाए पनि उदयपुरका पत्रकारहरुलाई इन्टरनेटको पहुँचबाट टाढा राखेको छ ।
इन्टरनेटमा पहुँच नभएपछि स्थानीय अनलाइन पत्रकारहरुको लागि रिपोर्टिङमा समस्या देखिएको छ । सोही कारण आजको खेलमा अनलाइन रिपोर्टरहरु रङ्गशालामा गएर खेलको सूचना लिन र पाठकहरुको लागि सुविधा दिनबाट बञ्चित भएका छन् ।
करिब ५० लाख बराबरको रकम संकलन हुने भनिए तापनि अहिलेको समयमा पत्रकारको लागि अर्को कुनै इन्टरनेट जोड्न नसकेको कारण सामाजिक सञ्जालबाट सूचना र खेलको ताजा जानकारी पाउनबाट देश विदेशमा बसेका उदयपुरबासी, आमदर्शक र खेलप्रेमीहरु समेत रुष्ट बनेका छन् । यो समस्याबारे आयोजकसँग आज कुरा भएको बताइएको छ ।
प्रतिक्रिया