भारतले जित्यो काभा महिला भलिबलको उपाधि

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०८१
|
|
३६ पटक हेरिएको
Shares
भारतले जित्यो काभा महिला भलिबलको उपाधि

सारांश

  • काठमाडौं।
  • भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ।
  • त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो ।

काठमाडौं। भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो ।

खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो ।

खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जित निकाल्यो । खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो । खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्‍यो ।

नेपालले यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो ।

फाइनलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक सहमतिका नाममा नेताहरुले देश बर्बाद बनाए : निरौला
राजनीतिक सहमतिका नाममा नेताहरुले देश बर्बाद बनाए : निरौला
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
उपत्यकामा पैदलयात्रीका लागि सचेतना अभियान किन आवश्यक ?
उपत्यकामा पैदलयात्रीका लागि सचेतना अभियान किन आवश्यक ?
अविवाहित रेखाका १० प्रेमी
अविवाहित रेखाका १० प्रेमी
कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ, एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् : डा. खड्का
कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ, एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् : डा. खड्का
छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय
छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय
नेपाली सेनाद्वारा आयोजित शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया
नेपाली सेनाद्वारा आयोजित शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया
प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने ओलीको रणनीति
प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने ओलीको रणनीति
कांग्रेसका ४२ विभाग दुई वर्षसम्म रित्तै, देउवामाथि प्रश्न
भोजपुर प्रदेश’ख’ मा शेरधन राई भारी मतले विजयी
भोजपुर प्रदेश’ख’ मा शेरधन राई भारी मतले विजयी

तपाईंले छुटाउनुभयो कि?