राजनीतिक सहमतिका नाममा नेताहरुले देश बर्बाद बनाए : निरौला

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
राजनीतिक सहमतिका नाममा नेताहरुले देश बर्बाद बनाए : निरौला

सारांश

  • काठमाडौ, २६ माघ ।
  • नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले राजनीतिक सहमतिका नाममा देश बर्बाद बनाएको आरोप लगाएका छन् ।
  • उनले राजनीतिक सहमति नेताहरुको स्वार्थमा हुने भएकाले देशको लागि राष्ट्रिय सहमति आवश्यक भएको बताएका हुन् ।

काठमाडौ, २६ माघ । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले राजनीतिक सहमतिका नाममा देश बर्बाद बनाएको आरोप लगाएका छन् ।

उनले राजनीतिक सहमति नेताहरुको स्वार्थमा हुने भएकाले देशको लागि राष्ट्रिय सहमति आवश्यक भएको बताएका हुन् । देशको रक्षाको लागि जस्तोसुकै पनि आन्दोलन गर्ने दाबी गरेका छन् । पार्टीले शनिबार आफ्नै कार्यालय अनामनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष निरौलाले देशभित्र रहेका सबै विचार बोकेका शक्तिहरुबीच समन्वय गरिनुपर्नेमा जोड दिए ।

महंगी, भ्रष्टचार र अनियमितता बढ्दै गएकामा पार्टीले चिन्ता व्यक्त गरेको छ । ‘यो देश सबैको साझा हो, बनाउँछन् भने ठीकै छ तर बिगार्ने अधिकार कसैलाई छैन’ निरौलाले भने ‘ देश बर्बाद गर्ने तत्वहरुलाई हामीले पहिचान गरेका छौं, आवश्यक परेपछि कडा प्रतिकार गर्छौ ।’ दलहरुका गलत सोच र कार्यशैलीले जनताले दिनैपिच्छे दुःख पाउँदै गरेको बताए । उनले संघीयता र धर्म निरपेक्षताको खारेजीको लागि आव्हान गरेका छन् ।

वर्तमान शासनसत्ता, संसदीय प्रणाली र यस्तैखाले राजनीति रहिरहने हो भने जनताले आफ्ना गुनासा राख्न पनि नपाउने दिन आउने दावी गरेका छन् । ‘वर्तमान राजनीतिक संस्कार गलत छ, यस्तै परिपाटी रहिरहँदा देश नै संकटमा पर्छ’ अध्यक्ष निरौलाले भने ‘अहिले प्रजातन्त्र, समाजवाद र न्याय हराएको छ, महिलाहरु दिनैपिच्छे बलात्कृत भएका छन्, योभन्दा कहालीलाग्दो अर्को अवस्था हुन सक्दैन ।’

संघीयताले समाज, सुरक्षा र भूगोलको विगठन गर्ने भन्दै पार्टीले आफूहरुका माग सरकारलाई सुनाउन पनि पत्रकार सम्मेलन गरेको जनाएको छ । ‘सरकारले हाम्रो आवाज सुनेन, ज्ञापनपत्र दिन खोज्दा पनि भेट पाएनौं र हुलाकबाट पठायौं’ अध्यक्ष निरौलाले भने ‘ अब यसरी नै हामीलाई बेबास्ता गर्दै जाने हो भने जस्तोसुकै आन्दोलन पनि गर्न तयार छौं ।’

पार्टीका वरिष्ठ नेता वर्तमान राजनीतिक दलहरुले लोकतन्त्र समाप्त गरेको आरोप लगाए । उनले सरकारको गराई र भनाइमा फरक भएकाले जनताले खवरदारी गर्नुपर्ने बेला भएको बताए । ‘कम्युनिस्टको इतिहास गतिलो छैन हिजो दिनदहाडै गाउँ लुट्थे उनीहरु, कतिपटक हामीले नै लखेट्यौं’ यादबले भने ‘ सरकार तानाशाही बन्दै गएको छ, जनता पीडित बनेका छन् त्यसैले पनि सबै एकजुट भएर प्रतिकार गर्नुपर्ने बेला भएको छ ।’

पार्टीका केन्द्रीय सदस्य प्रकाश पाण्डेले सरकारले युवालाई देशमै राखेर रोजगारको वातावरण सिर्जना गर्न नसक्दा अर्थतन्त्रमा सुधार हुन नसकेको बताए । ‘सरकार युवालाई विदेश पठाउँदा खुशी मान्छ, भएका कलकारखाना पनि बेचेर खाए, विदेशिएका युवालाई नेपाल ल्याउनका लागि पहल गर्नुपर्छ ’ पाण्डेले भने ‘ सरकारले विदेशिएको तथ्यांक ढाँटेको छ, ९५ हजारभन्दा विदेशिएका छन्, देश सिध्याउने खेल भइरहेको छ ।’

यूवा संगठनका संयोजक कैलाश चौलागाइले पछिल्लो समयमा आशा लाग्ने कुनै पनि काम नभएको बताए । ‘देश अहिले काण्डैकाण्डमा फसेको छ, विपक्षीको भूमिका पनि प्रभावकारी भएन, देश बचाउने जिम्मा युवाको काँधमा छ’ चौलागाइले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली ५ वर्षको लागि प्रधानमन्त्री हो, तलमाथि हुँदैन्’!
ओली ५ वर्षको लागि प्रधानमन्त्री हो, तलमाथि हुँदैन्’!
प्रदेश प्रहरी आफ्नै मातहत बनाउन संघीय प्रहरीको माग
प्रदेश प्रहरी आफ्नै मातहत बनाउन संघीय प्रहरीको माग
निगमले सार्वजनिक गर्यो उडान तालिका
निगमले सार्वजनिक गर्यो उडान तालिका
योगेश भट्टराइले खाएको कसम देखेर आँशु झारे ताप्लेजुङबासीले
योगेश भट्टराइले खाएको कसम देखेर आँशु झारे ताप्लेजुङबासीले
अपराधको नयाँ रुप : नेपालमा बसेर अस्ट्रेलियामा आतंक !
अपराधको नयाँ रुप : नेपालमा बसेर अस्ट्रेलियामा आतंक !
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
वुहानबाट १७५ जनालाई ल्याइयो : खरिपाटीस्थित क्वारेन्टाइनमा
वुहानबाट १७५ जनालाई ल्याइयो : खरिपाटीस्थित क्वारेन्टाइनमा
युवा संघद्वारा मधेसमा ३० लाखको राहत वितरण, पीडितले भने- हाम्रो रोजाई एमाले
युवा संघद्वारा मधेसमा ३० लाखको राहत वितरण, पीडितले भने- हाम्रो रोजाई एमाले
मधेश पुगेर गर्जिए गगन थापा
पर्यटन मन्त्री रवीन्द्र अधिकारीका ४ महिनामा गरेका यस्ता छन् ५९ काम !
पर्यटन मन्त्री रवीन्द्र अधिकारीका ४ महिनामा गरेका यस्ता छन् ५९ काम !

तपाईंले छुटाउनुभयो कि?