कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ, एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् : डा. खड्का

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
२७ पटक हेरिएको
Shares
कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ, एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् : डा. खड्का

सारांश

  • काठमाडौं, २७ फागुन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा.
  • नारायण खड्काले पार्टी्भित्र छरपष्ट रूपमा गुट मौलाएको भन्दै त्यसको अन्त्यको लागि पनि आगामी १४औं महाधिवेशनमा नेतृत्व बहुअध्यक्षीय प्रणालीमा जानुपर्ने स्पष्ट पारेका छन् ।

काठमाडौं, २७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काले पार्टी्भित्र छरपष्ट रूपमा गुट मौलाएको भन्दै त्यसको अन्त्यको लागि पनि आगामी १४औं महाधिवेशनमा नेतृत्व बहुअध्यक्षीय प्रणालीमा जानुपर्ने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टी्भित्रका गुटहरु अलिक बढिनै छताछुल्ल भएको तर्क गरे । प्रतिनिधिसभा सदस्य समेत रहेका नेता खड्काले भने,‘हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो, हुन त हरेक पार्टीमा गुट हुन्छन् । तर, हाम्रोमा अलिक बढि नै भयो । हामी सबैले अराजक स्वतन्त्रताको उपयोग गरेका छौं । यही अराजक स्वतन्त्रताको कारण गुट मौलाईरहेको छ । कम्युनिष्ट पार्टीमा चाहीँ अनुशासन हुन्छ । र, अर्को कुरा त्यहाँ लठ्ठी पनि देखाईन्छ ।’उनले पार्टीको आगामी १४औं महाधिवेशनमा एकल नेतृत्वमा जो आएपनि अहिले देखिएको पार्टी्भित्रका समस्या हल नहुने जिकिर गरे । उनले थपे,‘पार्टीको नेतृत्वको लागि अहिले साथीहरुले आफ्नो महत्वकांक्षा देखाउनुभएको छ, कसैको धाप होला र आडमा पनि होला, तर नेतृत्वमा एक्लै जो आएपनि केही हुनेवाला छैन् । पार्टी अब बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ भन्ने मेरो धारणा हो । यसबारेमा मेरो कन्सेप्ट पनि छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टीको नेतृत्वमा चार÷पाँच जनाको कोर–टीम बनाउनुपर्ने तर्क गरे । उनले भने,‘पार्टीलाई सामूहिक लिडरसिपमा लैजानुपर्छ, चार÷पाँच जनाको कोर टिम बनाउनुपर्छ, अर्थात चेयरम्यानसिप वा प्रेसिडियममा जानुपर्छ ।’ उनले १४औं महाधिवेशनबारे टिप्पणी गर्दै भने,‘नीतिभन्दापनि अहिले गुटहरुको स्वार्थले पार्टी चलाउने हौवा चलिरहेको छ ।’

खडकाले पार्टीका आगामी चूनौती पार गर्नको लागि एकल सभापतिले जतिसुकै बहुमत ल्याएर विजयी भएपनि एक्लैले केही गर्न नसक्ने ठोकुवा गरे । उनले भने,‘एकल सभापतिले जति धेरै बहुमत ल्याएर जितेपनि, अर्थात दुई तिहाईको बहुमत ल्याएपनि केही हुँदैन् ।’ उनले पार्टी बहुअध्यक्षीय प्रणालीमा गएमात्रै गुट समाप्त हुने विश्वास दिलाए ।

उनले वर्तमान सरकारले एमसीसी संसदमा टेबलु गरे आफ्नो पार्टीले पारित गर्नको लागि समर्थन गर्ने स्पष्ट पारे । उनले भने,‘शेरबहादुर देउवाजी प्रधानमन्त्री र ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री भएको बेलामा समझदारीमा हस्ताक्षर भएको हो । यो सदनबाट अनुमोदन हुनुपर्छ भनिएको छ । पोहोर भदौमै पारित भैसक्नुपर्ने थियो। तर, भएन । वर्तमान प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीले त जसरीपनि पारित हुन्छ भनेर बोल्नुभएको थियो । तर, नेकपाभित्रै फेरि एमसीसीसम्बन्धी कार्यदल बन्यो । त्यो कार्यदलले प्रारम्भिक रिपोर्ट दिएको छ भन्ने सुन्नमा आएको छ ।’ खड्काले नेकपाको कार्यदलले एमसीसीसम्बन्धी तयार पारेको भित्री रिपोर्टमा के छ ? भन्ने कुरा थाहा भएपछि थप टिप्पणी गर्न सकिने बताए ।

उनले एमसीसी संसदमा प्रस्तुत भए कांग्रेसले समर्थन गर्ने कुरा दोहोर्याए । उनले भने,‘बरु नेकपाभित्रै यसबारेमा केही गज्याङमज्याङ छ, उहाँहरुले एमसीसी समझदारीमा केही अप्ठ्यारा प्रावधानहरु छन्, जसले नेपालको स्वाधिनता, राष्ट्रियता, अखण्डतामा आँच पुर्याएका छन् भनेर भन्नुभएको छ, हामीले पनि ती के रहेछन् भनेर जान्नुपर्छ ।’

उनले अमेरिकी सेना नेपाल आउने भनेर नेपालमा भएको हल्लामा सत्यता नभएको पनि दाबी गरे । उनले भने,‘अमेरिकी सेना नेपाल आउन भारत र चीनको एयर स्पेश प्रयोग गर्नुपर्छ । र, अर्को कुरा अमेरिकी सेना नेपाल आईहाल्छ भन्ने हामीलाई लाग्दैन् ।’

नेता खड्काले विश्वभरि कोरोना भाईरस (कोभिड–१९) को सन्त्रास फैलिएकोले नेपालले आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिए । कोरोनाका कारण विश्वकै अर्थतन्त्रमा ठूलो प्रभाव परेको उनको भनाई छ । उनले भने,‘विश्व अर्थतन्त्रको डेढदेखि २ प्रतिशत खुम्चिने प्रोजेक्शन गरिएको छ । नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । चीन, भारत, जापान, कोरियाजस्ता ठूला अर्थतन्त्र खुम्चिएका छन् ।’

उनले कोरोनाकै कारण नेपालमा अहिले ठूलो सन्त्रास फैलिएको र मुल्यवृद्धि हुन थालेको टिप्पणी गरे । उनले भने,‘टेस्टिङ किट्स, मास्क, क्वारेन्टाईन, औषधीको व्यवस्थापन गर्नुपर्छ । मुल्यवृद्धि बढ्ने खतरा छ । नेपालमा पनि ठूलो संकट पर्ने सम्भावना छ ।’ उनले अहिलेको सरकार कानमा तेल हालेर सुतेर बसेको समेत आरोप लगाए । उनले भने,‘यसैपनि हामीलाई एलेवेन्थ आवर पिपुल्स भनिन्छ, कोरोनाको प्रभावबाट बच्नको लागि आवश्यक तयारी गर्न ढिलाई गर्नुहुँदैन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोल्पामा केन्द्र विवाद- एउटै नगरको दुई कार्यालय
डोल्पामा केन्द्र विवाद- एउटै नगरको दुई कार्यालय
एमालेले अहिलेसम्म कहाँ–कहाँ जित्यो ? यसरी कांग्रेस र माओवादीले पिछा गरिरहेका छन् !
एमालेले अहिलेसम्म कहाँ–कहाँ जित्यो ? यसरी कांग्रेस र माओवादीले पिछा गरिरहेका छन् !
विश्व वरियतामा नेपालको राहदानी सुधार, कुन देशको कति ?
विश्व वरियतामा नेपालको राहदानी सुधार, कुन देशको कति ?
अलपत्र ठेक्का १,८४८, जोखिममा १ खर्ब १८ अर्ब
अलपत्र ठेक्का १,८४८, जोखिममा १ खर्ब १८ अर्ब
हल बन्याे प्रदिपमय, रामकहानी गाेपि कृष्णमा नदेखाइनुकाे कारण यस्ताे छ !(भिडियाेसहित)
हल बन्याे प्रदिपमय, रामकहानी गाेपि कृष्णमा नदेखाइनुकाे कारण यस्ताे छ !(भिडियाेसहित)
भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने
भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा शपथ
संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा शपथ
OMG! TV actress Arina Dey’s father locked her up for a month when she expressed her desire to act
OMG! TV actress Arina Dey’s father locked her up for a month when she expressed her desire to act
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )

तपाईंले छुटाउनुभयो कि?